
पुस्तागत हस्तान्तरणका रूपमा मौखिक परम्परामा रहेका किस्सालाई जीवित बनाउन औपचारिक ढङ्गले विधागत स्वरुप दिँदै विभन्न विषय क्षेत्रलाई समेट्दै निम्नानुसारका तत्वहरूका आधारमा कथा रचना गर्ने पद्दतिको विकास भयो । रचनाविधानका आधारमा कथाका तत्त्वहरू निम्न छन् ः
१. संरचना ः कथावस्तु, पात्र, दृष्टिबिन्दु, सारवस्तु,
२. रूपविन्यास ः पदविन्यास, विम्बविधान, व्यङ्ग्य, प्रतीक, प्राक्सन्दर्भ र शीर्षक
(भण्डारी, २०६६, पृ. ७–१२)
कथा एक यौगिक रचना हो । यो सबै किंवा तत्त्वहरूको आनुपातिक सिङ्गो योगबाट बनेको हुन्छ (श्रेष्ठ २०५७ ः ८) । ती तत्त्वहरूको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । पूर्वीय एवम् पाश्चात्य जगत्मा कथा लेखनको थालनीसँगै विधागत सचेतता पनि देखिएको र सोही अनुरूप लेखन कार्य अगाडि बढेको इतिहास देख्न सकिन्छ ।
कथा समाजको ऐना हो । यसले समाजका विविध पक्षहरूलाई निकै रोचक ढङ्गले प्रस्तत गर्ने सामथ्र्य राख्दछ । नेपाली लोक जीवनमा मौखिक परम्परामा विकसित लोककथाले लिखित रूप ग्रहण गरेपछि नेपाली कथाको आरम्भ भएको मानिने हुँदा यसको इतिहास निकै लामो देखिन्छ । नेपाली कथा लेखनको थालनी कुन कथात्मक रचनाबाट भएको हो भन्ने कुरा एकिन नभए पनि अहिलेसम्म प्राप्त प्राचीन रचना भनेर वि. सं. १८०० तिरका ‘सत्सङ्गको वर्णन भयाको कथा’ र ‘राजा प्रपंचैको व्यहोराको एउटा बिसा’बाट भएको मानिन्छ । यी रचना कथात्मक भएको तर रचनाकार अज्ञात रहेको हुँदा यहिलेसम्मको अनुसन्धानअनुसार पहिलो नेपाली कथाका रूपमा शक्तिवल्लभ अर्यालको ‘महाभारत विराटपर्व’ (वि. सं. १८२७) लाई लिइन्छ । नेपाली कथाको इतिहासलाई हेर्दा कथा लेखन परम्पराको विकासक्रम यस्तो छ ः
(१) प्राचीन काल ः (वि.सं. १८००÷१८२७ देखि १९५७ नेपाली पत्रपत्रिकाको प्रकाशन पूर्व सम्मको अवधि)
(२) माध्यमिक काल ः (वि.सं. १९५८ मा ‘गोर्खापत्र’ प्रकाशन भएदेखि १९९१ सम्मको अवधि)
(३) आधुनिककाल ः (वि.सं. १९९२ मा शारदा पत्रिकामा नासो कथा प्रकाशन भएदेखि हालसम्मको अवधि)
(भण्डारी र अन्य २०६६, पृ. २५)
यी विविध कालखण्डमा विभिन्न विषय क्षेत्रमा केन्द्रित रहेर विभिन्न शैलीमा कथा लेख्ने परम्परा रहेको पाइन्छ । कथा लेख्ने तरिका र कथाको विषय क्षेत्रका आधारमा सामान्यतया कथा लेख्ने दुई आधार छन् ः
१. ढाँचा÷रीतिक्षेत्र ः यथार्थवादी कथा, स्वच्छन्दतावादी कथा, घटनाप्रधान कथा, चरित्रप्रधान कथा, विधारप्रधान कथा, प्रयोगवादी कथा, पत्रात्मक शैली प्रधान कथा, डायरी शैलीप्रधान कथा, हास्यव्यङ्ग्यप्रधान कथा
१. रुचिक्षेत्र ः सामाजिक कथा, मनोवैज्ञानिक कथा, प्रगतिवादी कथा र अस्तित्ववादी कथा ।
(भण्डारी र अन्य, २०६६ पृ.१३)
सन्दर्भ सामग्री
भण्डारी, पारसमणि र अन्य (२०६६), नेपाली गद्य र नाटक, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
श्रेष्ठ, दयाराम (२०५७), नेपाली कथा भाग ४, काठमाडौँ ः साझा प्रकाशन ।
No comments:
Post a Comment