Monday, July 10, 2023

बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता

– हुकुमानन्द पाण्डेय
– हुकुमानन्द पाण्डेय

लेखसार :

प्रस्तुत अध्ययन कार्य बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता शीर्षकमा आधारित भएर सम्पन्न गरिएको छ । कुनै पनि क्षेत्र, पेसा, जाति, भाषा, वर्गका मानिसलाई एउटा साँघुरो घेराभित्र सीमित गर्ने समाज नै बन्द समाज हो । बन्द समाजमा तानाशाही राज्य व्यवस्था हुने हुँदा यो अधिक प्रभावशाली समूहको अधीनमा रहन्छ । बन्द समाजमा जनताको भावना बुझिँदैन र एकोहोरो बल प्रयोग गरी कुनै सीमित शासकले अधिकांश जनतालाई आफ्नो अधिनमा राख्ने गर्दछन् । जनताका अधिकारहरू खोसिने, मर्महरू नबुझिने, स्वतन्त्रतापूर्वक बाच्न नदिने जस्ता विविध गतिविध बन्द समाजमा देखिन्छन्, जुन कुरा प्रजातान्त्रिक अनुभवहीनतासँग जोडिएको हुन्छ । प्रजातान्त्रिक अनुभवहीनता भित्र जनताले आफूखुसी गर्न पाउँदैनन् । उनीहरूका भावनाहरू बुझिँदैन । परिणाम स्वरूप यसले दमनकारी नीति अवलम्बन गर्दछ । समग्रमा बन्द समाजले प्रजातन्त्रिक अनुभवहीनता सिर्जना गर्ने र समजको हित नगर्ने हुँदा समाजमा बस्ने हरेक मानिसले अफूमा भएको सिप, क्षमता, दक्षता एवम् सिर्जनालाई फुल्ने फल्ने र मौलाउने मौका दिनु पर्दछ । तब मात्र समृद्ध समाज एवम् समुन्नत राष्ट्र निर्माण गर्न सहज हुन्छ ।   

पृष्ठभूमि :

        कुनै क्षेत्र, पेसा, जात, वर्गका मानिसलाई साँघुरो घेरामा सीमित गर्ने समाज नै बन्द समाज हो । जनताका इच्छा तथा चाहनाको ख्याल नगर्ने, अधिक प्रभावशाली समूहको अधीनमा रहने तानाशाही राज्य व्यवस्था भएको समाजलाई बन्द समाज भनिन्छ । शासकको मात्र सबथोक चल्ने, जनताका हक अधिकार कुण्ठित हुने यस्तो प्रकृतिको समाजमा बल प्रयोग गरेर भएपनि कुनै सीमित शासकले अधिकांश जनतालाई आफ्नो अधीनमा राख्ने गर्दछ ।

        जनताले जनताद्वारा जनतामाथि गरिने शासन व्यवस्थालाई नमानी आफ्नै ढङ्गले आफ्नै तानाशाही शासन लाद्न खोज्नु नै प्रजातान्त्रिक अनुभवहीनता हो । प्रजातान्त्रिक शासन व्यवस्थालाई लत्याउँदै जनताप्रति उटक्कै उत्तरदायी नभई नेतृत्वले आफ्नो ढङ्गले आफू अनुकूल आफ्ना मात्रै कुरा लाद्ने काम प्रजातान्त्रिक अनुभवहीनतामा पर्दछ । राष्ट्रलाई सर्वोपरी नठानी व्यक्ति आफूलाई सर्वोपरी ठान्ने काम यसअन्तर्गत गर्दछ । राष्ट्र सर्वोपरी र शासन परिवर्तनीय हुन्छ भन्ने कुरा यसले मान्दैन । जनताका हक, अधिकारको ख्याल नगरी, व्यक्ति बलियो र राज्य कमजोर हुँदै जाने र सीमित व्यक्ति मोटाउने तर अधिकांश जनता सधै अन्याय सहेर बाच्ने अवस्था सिर्जना प्रजातान्त्रितक अनुभवहीनतामा हून्छ । समग्रमा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता एक अर्काका परिपुरक जस्ता हुन् । बन्द समाजकै कारण हरेक मानिसले प्रजातन्त्रको अनुभूति गर्न सकिरहेका हुँदैनन् । 

        समयक्रमसँगै विभिन्न कालखण्डमा विभिन्न देशमा प्रजातन्त्रको अभ्यास हुनु तर पूर्ण रूपमा सफल हुन नसक्नु जस्ता कारणले के कुराको पुष्टि गर्छ भने समाजमा सबै समान स्तरका मानिसहरू छैनन् । शासकहरू समानता चाहँदैनन् । श्रमजीवी वर्गहरू खुलेर आफ्नो माग राख्न सक्दैनन् । शासकले सधैँ आफ्नो शासन चलाउन मन पराउने र शोषित वर्ग सधैँ शासकको शोषण सहेर बस्ने बानी परिसकेको देखिन्छ । समाजमा असमानताको ठुलो खाडलले गर्दा पनि बन्द समाजलाई टेवा पु¥याएको छ । देशमा सबैमा समानता जबसम्म आउँदैन तबसम्म बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको सिकार सबै श्रमजीवी किसन हुने देखिन्छ । यसो हुनुको मुख्य कारण हो बन्द समाज र प्रजातन्त्रिक अनुभवहीनताको प्रभाव । यसरी बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको प्रभाव के कस्तो रहेको छ भन्ने सन्दर्भमा सामान्यतया विश्वपरिवेशमा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको प्रभाव पत्ता लगाउन यो अध्ययन गरिएको छ । बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता के हो ? यसको समाज, राष्ट्र, अन्तर्राष्ट्र तथा अन्य क्षेत्रमा यसको प्रभाव एवम् शैक्षिक त्रियाकलापको सवालमा कक्षाकोठामा पनि यसको प्रभाव के कस्तो रहेको छ भन्ने कुरा पत्तालगाउनका लागि गरिएको यो अध्ययन ढाँचा गुणात्मक प्रकृतिको रहेको छ । यस अध्ययनमा विश्वपरिवेशमा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको प्रभाव केकस्तो रहेको छ ? भन्ने कुरा अध्ययन गर्नको लागि विभिन्न पुस्तक, लेख, रचना तथा अनलाइन स्रोतहरूबाट प्राप्त सूचना एवम् जानकारीलाई विश्लेषण गरिएको छ ।  

        बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको उदाहरणका रूपमा विभिन्न औपनिवेशिक मुलुकहरूलाई पनि लिन सकिन्छ । जुन राष्ट्र अन्य कुनै राष्ट्रको अधीनमा रहे र प्रजातन्त्रको अनुभूति नै गर्न पाएनन् । जस्तै ः ब्राजिल, सिरिया, उत्तरकोरिया, इराक र द्वन्द्वकालीन समयको नेपाललाई पनि लिन सकिन्छ । जतिबेला राज्यमा द्वन्द्व मात्र चर्कियो, मानिसहरूको भागाभाग भयो, मानिसहरू त्रासैत्रासमा बाच्न विवश भए । साधारणतया बन्द समाजको आधार भूमि भनेको एकतन्त्रीय शासन व्यवस्था हो । अहिले स्वतन्त्र दखिने ्रजातन्त्रको अभ्यासमा आफ्ना कदमहरू अगाडि बढाइरहेका अधिकांश मुलुकहरूमा हिजोको समयमा पूर्ण रूपमा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता थियो । सोही कारण मानिसहरू विद्रोह गर्न अघि सरे । आफ्ना हक, अधिकारका सवालमा चनाखो बन्दै गए र शासन व्यवस्था नै उल्टाए । यो पृष्ठभूमि हेर्दा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताले समाजमा व्यथिति सिर्जना गर्ने देखिन्छ । यसरी सीमित शासकको शासन व्यवस्थालाई जबरजस्ति अङ्गालो हालेर हिड्न विवश पार्ने बन्द समाजको इतिहास हेर्दा ब्राजिलमा पुग्नु उचित ठानिन्छ । जहाँका नागरिकको अवस्था हेर्दा दयाँ लागेर पाउलो फ्रेले साक्षरता कार्यक्रम समेत सञ्चालन गरे । 

विषय प्रवेश      

        बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको एउटा स्पस्ट छनक हो ब्राजिल । ब्राजिलको राजनीतिक परिवर्तनसँग बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता जोडिएका छन् । ब्राजिलमा तत्कालीन अवस्थामा न जनता स्वतन्त्र भए न त प्रजातन्त्रको अनुभव नै गर्न पाए । सन् १५०० तिर पेद्रो अल्भारेस् काब्राल ब्राजिलमा पुगेदेखि सन् १८२२ मा ब्राजिलको स्वतन्त्रतासम्म ब्राजिल प्रोचुगलको उपनिवेशमा थियो । ब्राजिल साम्राज्यका रुपमा विकसित यो राष्ट्रमा १८८९ देखि गणतन्त्र आयो । केही वर्ष ब्राजिलमा प्रजातन्त्रिक अभ्यास पनि गरियो । प्रजातन्त्र पश्चात यसको सही अभ्यास हुन नसक्दा ब्राजिलमा शैनिक शासन सुरु भयो । जनता त्रसित भए, साथै जनताहरू बोल्न नसक्ने, आफ्ना अधिकार माग्न नसक्ने र दमनलाई सहेर बस्न बाध्य भए । तत्कालीन अवस्थामा सारा मिडिया राज्यका तर्फबाट चल्न थाले । जनताका पीडा बोल्ने तथा उनीहरूका अधिकारका लागि आवाज विहीनहरूको आवाज बोल्ने सञ्चार माध्ययम जनताका भएनन् । सञ्चार माध्ययमले शासक वर्गको मात्र गुनगान गाउन थाले (स्वतन्त्र विश्वकोश, विकिपिडिया) । 

        यसरी एकतन्त्रीय शासन व्यवस्था मौलाउँदै गयो । एकतन्त्रीय शासन व्यवस्थाकै कारण प्रजातन्त्र धरापमा प¥यो । फलस्वरुप प्रजातान्त्रिक अनुभवहीनताको सिकार त्यहाँका अधिकांश जनता भए । एकतन्त्रीय शासन व्यवस्थाले थेचोमिचोमा पारेको हुँदा तत्कालीन समयमा त्यहाँका जनतामा सामान्य आधारभूत सिप पनि भएन । जनताका इच्छा, चाहाना मर्न दिनु हुँदैन, उनीहरूको भावनामा खेल्नु हुँदैन, जनतामा आधारभूत सिप हुनु पर्दछ भन्ने जस्ता विषयमा जनताका हक, अधिकारको कसैले पनि खुलेर वकालत गर्न सक्दैनथ्यो । राज्य व्यवस्थाको खुलेर विरोध गर्ने परिस्थिति पनि थिएन । खुलेर विरोध गर्ने चेतना पनि सबैमा थिएन । दमनको विरोध गरी आफ्ना हक अधिकार सुनिश्चित गर्नुपर्छ भन्नेहरू पनि खुलेर राज्य व्यवस्थाको विरोध गर्न सक्दैनथे । यसको मुख्य कारण थियो तत्कालीन अवस्थाको त्यहाँको एकतन्त्रीय शासन व्यवस्था । मानिसहरू आफ्ना प्रतिभा, क्षमता र कुशलतालाई दबाएर राख्न विवश थिए । जनताले भनेजस्तो शासन व्यवस्था थिएन । जनताको लागि नभएर शासकको लागि बनेको नियम कानुनले त्यहाँका जनता हैरान थिए । विरोध गर्दा कारबाही हुने डर सबैमा थियो । त्यहाँका जनता डरै डरमा आफ्नो जीवन व्यतित गर्न विवश थिए । 

        हरपल अरूको दमन, शोषण, थिचोमिचो र अन्याय सहेर त्यहाँका जनता बाच्न विवश भएको दृश्यले गर्दा दार्शनिक पाउलो फ्रेले बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको विरोधमा आफ्ना कार्यक्रम अगाडि सारे । हरेक जनताले पढ्न पाउनु पर्छ, आफूमा भएको प्रतिभा, सिप एवम् दक्षता प्रदर्शन गर्न पाउनु पर्छ, हरेक नागरिक खुला रूपमा स्वतन्त्र भएर बाच्न पाउनु पर्छ भन्ने ध्येय राखेर ती तमाम जनताको मुक्तिका लागि सारक्षरता कार्यक्रम अगाडि बढाए । पाउलो फ्रेले त्यहाँका जनतालाई साक्षरता साक्षरता कार्यक्रम किन आवश्यक भन्ने बारे स्पष्ट पारेर व्याख्या गरे । यसले जनतामा केही नयाँ सन्देश प्रवाह ग¥यो । साक्षरता कार्यक्रमको निकै फइदा हुने हुँदा फ्रेको सिद्धान्तलाई अनुसरण गर्न थालियो । जनता शिक्षित हुन थालेपछि विस्तारै त्यहाँका नागरिकले अधिकार पाउन थाले । एकतन्त्रीय शासन व्यवस्थाले जनतामाथि गरेको दमन शोषण र अत्याचारको विरुद्धमा त्यहाँका जनताले औला उठाउन थाले । आफ्नो अधिकार पाउने महासङ्ग्राममा सरिक भए । जनताको अगाडि एकतन्त्रीय शासन व्यवस्थाको केही चलेन । शासन फेरियो । जनताले विस्तारै आफ्ना अधिकार पाउन थाले । जनतामा भएका प्रतिभा, क्षमता र दक्षताले स्थान पाउन थाले । विभेदकारी नीतिको अन्त्यसँगै जनतामा उत्साह छायो । उत्साहित जनता र फेरिएको शासन व्यवस्थाकै कारण देशले आज काचुली फे¥यो । हिजोको एकतन्त्रीय शासन व्यवस्थाले जनतामाथि गरेको दमन, शोषण र अत्याचार कै कारण पछि परेको ब्राजिल आज हरेक हिसाबले अगाडि बढेको छ (फ्रे, २००५) । 

          बन्द समाजको उदाहरण ब्राजिल मात्र होइन विश्वका त्यस्ता थुप्रै देशहरू छन् जहाँ एकतन्त्रीय शासन व्यवस्था छ र जनता शासकहरूको चरम दमन, शोषण र अत्याचार सहेर बस्न विवश छन् । विभिन्न किसिमका दङ्गा, झैझगडा, द्वन्द्व, आतङ्क, गुन्डागर्दी, काटमार, चन्दा फिरौती, धम्की जस्ता विविध कारणले बन्द समाजको सिर्जना हुने गर्दछ । यसरी जनता स्वतन्त्र भएर बाच्न नपाउने अवस्थाले बन्द समाज र प्रजातान्त्रीक अनुभवहीनताको सिर्जना गर्दछ । यसमा इन्डक्टिनेशनको निकै ठुलो प्रभाव रहने गर्दछ । इन्डक्टिनेसनमा कुनै एक व्यक्तिको विचार, भावना, इच्छा, चाहनालाई कुनै व्यक्ति, जाति वा समूहमा जबर्जस्त लाध्ने काम गरिन्छ । त्यो विचार उक्त समूहलाई लाभदायक होओस् वा नहोओस् । एकोहोरो लाद्ने काम हुन्छ । इन्डक्टिनेसनले सबैको विचार, भावना, इच्छा, चाहनाजस्ता कुरा लाई नहेरी पूर्णरुपमा आफ्ना विचार तथा धारणालाई लाद्ने काम गर्दछ । यहाँ पनि कुनै एक शासकले अरूका कुरै नबुझी एकोहोरो आफ्ना विचार लाद्ने र सदैव जनतालाई आफ्नो अधीनमा राख्ने प्रवृति मौलाएको हुन्छ ।  

        बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको उदाहरणको रूपमा नेपाली समाजलाई पनि लिन सकिन्छ । विभिन्न समयमा नेपालमा चलेका आन्दोलन जस्तै ः २००७ साल, २०१७ साल, २०४६÷४७ साल र नेपालमा चलेको १० वर्षे जनयुद्धलाई लिन सकिन्छ । यी समयमा प्रजातन्त्रको अभ्यास हुने प्रक्रिया देखिए पनि विफल भएको र अहिले आएर पनि पूर्ण रूपमा प्रजातन्त्रको अनुभूति हुन नसकोको अवस्था सिर्जना हुन थालेको छ । १० वर्षे जनयुद्धको बेला नेपालका सहरी तथा ग्रामीण दुबै क्षेत्रमा यसको प्रभाव परेको पाइन्छ भने अलि बढी प्रभाव भने ग्रामीण परिवेशमा परेको पाइन्छ । तत्कालीन समयमा नेपालमा जनताहरू आफूखुसी, हिँड्ने र स्वतन्त्र भएर आफ्नो काम गर्ने अवस्था थिएन । परिणाम स्वरुप नेपालका धेरै युवाहरू देश छोडेर विदशे जान थाले । यहाँ भएका युवाहरू पनि सधैँ डरैडरमा आफ्नो जीवन विताउन थाले । जनतामा त्रास फैलियो । मानिसहरू मरेको खबर सुनिन थाल्यो सरकार पक्ष र विद्रोही पक्षको भिडन्त हुन थाल्यो यसको प्रभाव यहाँका जनतामा देखिन थाल्यो । विभिन्न क्षेत्रका समुदायहरू त्रासमै रहेर बोल्न सकेनन् केही जनता आफ्नो अधिकारको लडाइमा अगाडि बढे । यसरी हेर्दा क्रान्तिको समयमा नेपाल पनि बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको सिकार हुनबाट अछुतो रहेन । यसरी हेर्दा दाङको केही ग्रामीण क्षेत्रको थारू समाज, रोल्पाको मगर समाज, भक्तपुरको नेवार समाज र विश्वलाई त्रसित पारिरहेको उत्तर कोरियालाई पनि बन्द समाजको उदाहरणका रूपमा लिन सकिन्छ ।  

बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताका सीमाहरू :

        बन्द समाजले दमनकारी नीति अगाल्ने गर्दछ । बन्द समाजमा कसैको भावनाको कुरा गरिँदैन र बुझिइदैन पनि । यहाँ त केवल शासकको शासन पद्दति र दमनकारी नीतिको चर्चा गरिन्छ । जनतालाई खुलेर बोल्न, हिँड्न, बस्न र खान दिइँदैन । जनताले आफू अनुकूल कुनै पनि कुरा गर्न पाउँदैनन् । फलस्वरुप जनताका सिप दक्षता, क्षमता कुण्ठित हुने र यसले राज्य अधोगतितरि जाने देखिन्छ । राज्यमा अशिक्षा र असमानताको ठुलो खाडल सिर्जना हुने जसको कारण राज्यमा विभेद बढ्ने र अन्ततः द्वन्द्व सिर्जना हुने देखिन्छ । यो हरेक राज्यको लागि निकै ठुलो बेफाइँदा हो । 

        समाज, देश र राष्ट्रको लागि केही गरौ भन्ने आकाङ्क्षा भएकाहरू एवम् असल विचार तथा असल कार्य गर्न हौसिनेहरूको लागि पनि यो समाज तगारो बन्छ । उदारता हराएको अनुभूति गराउने यो समाज निकै क््रmुर एवम् सङ्कुचित स्वभावको हुन्छ । प्रजातान्त्रिक पद्धतिको कडा विरोध गर्ने यो समाजले कुनै पनि व्यक्ति वा समुदायलाई एउटा साँघुरो घेरा भित्र मात्र सीमित गर्न रुचाउँछ । जनतालाई सधैँ आफ्नो अधीनमा राखी उनीहरूले पाउनै पर्ने हक र अधिकारका विषयमा कहिल्यै परिचित गराउँदैन । यस्तो समाज जनता शिक्षत हुन्छन् कि भन्ने त्रासमा आफ्ना दमनकारी नीतिसँगै अगाडि बढेको हुन्छ । खुलारूपमा बस्न र बाच्न चाहने हरेक मानिसका हक र अधिकारलाई यो समाजले निश्चित परिधिमा सीमित गर्छ । विश्वमा के भइरहेको छ ? के हुँदै छ ? भनने जस्ता यावत कुराहरूसँगै व्यक्तिलाई विश्वसमुदायसँग परिचित हुनबाट वञ्चित गराउँदछ । यस्तो समाजले दमनात्मक एकतन्त्रीय शासन व्यवस्था हावी गराउँछ । जनताका अधिकारहरू कुण्ठित हुन्छन् । क्रान्ति गर्ने र परिवर्तन चाहनेलाई हतकडी लाइन्छ । अन्धभक्त पुजारीको सम्मान गरिन्छ । शासकको एकोहोरो शासन चल्छ । जनताका भावनाहरू बुझिँदैन । यो समाजमा हुर्केकाहरू अरूसँग खुलेर बोल्न जान्दैनन् ।् बन्द समाजले सबैमा त्रास फैलाउने हुँदा मानिसहरू डराउँछन् । नयाँ मानिस देखेमा खुलेर नबोल्ने, भाग्ने, हडबडाउने जस्ता अनेकन नकारात्मक प्रतिक्रिया देखिन्छ । 

        शैक्षिक क्षेत्रमा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको प्रभाव परेमा बाल मस्तिष्कको पूर्णरूपमा विकास हुन पाउँदैन । उनीहका रूचि, इच्छा, चाहना र प्रतिभाले उचित स्थान पाउँदैनन् । बालबालिकाहरू अरूको डरत्रासमा हुर्कने र डरैडरमा पढ्न विवश हुने हुँदा यसले उनीहरूको व्यवहारमा निकै अप्ठ्यारो अवस्था सिर्जना गर्न सक्छ । उनीहरू सधैँ अरूसँग डराउने, बोल्न नजान्ने, आफ्ना मनका कुराहरू प्रस्तुत गर्न नसक्ने, हडबडाउने, लाज मान्ने, कुनै पनि काम गर्नु पर्दा पछि हट्ने, काम गर्न आनाकानी गर्ने, समूहमा जनै मन नपराउने, गइहाले पनि खुलेर बोल्न नसक्ने, एक्लै बस्न रुचाउने, समाजसँग डराउने आदि समस्याहरू सिर्जना हुन सक्दछन् । 

औचित्त्य :

        बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताले समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा हलचल पैदा गर्दछ । यसको प्रकृति हेर्दा निकै क््रmुर हुने हुँदा यसको वास्तविक अध्ययन हुनु नितान्त आवश्यक मानिन्छ । यसको प्रभावले एउटा समाज, राष्ट्र तथा तथा अन्तर्राष्ट्रिय जगत मात्र नभएर एउटा विद्यालयमा पढ्ने विद्यार्थी कसरी सिकार भएको हुन्छ भन्ने कुराको तथ्यगत जानकारी दिनु यसको प्रमुख औचित्य हो । यसले कुनै पनि समाजमा बसोबास गर्ने व्यक्तिको विकासमा कसरी प्रभाव पारेको हुन्छ भन्ने कुराको जानकारी दिन्छ । सामान्यतया बन्द समाजमा दमनकारी शासन व्यवस्था हुन्छ जसको कारण प्रजातान्त्रिक अनुभवहीनता सिर्जना हुन्छ । यस्तो समाजमा जनताका इच्छा, चाहनाको बिलकुलै ख्याल गरिँदैन । जनताका कुनै पनि मर्म नबुझी एकतन्त्रीय शासन लाद्ने गरिन्छ । जसको कारण जनताहरू त्रासैत्रासमा बाच्न विवश हुन्छन् । उनीहरू कुनै समूहमा जान रुचाउँदैनन् । आफ्ना कुराहरू कुनै समूहमा खुलेर गर्न सक्दैनन् । जनतामा राज्यले विभेदकारी नीति लाद्ने हँदा जनताहरू साक्षर समेत हुन पाउँदैनन् । उनीहरूले विश्वसमुदायमा के कस्ता काम भइरहेका छन् भन्ने कुरा बुझ्न पाइरहेका हुँदैनन् । उनीहरूलाई हरेक अवसरबाट वञ्चित गरिएको हुन्छ । प्रजातान्त्रिक व्यवस्थाको कुनैपनि ख्याल नगरिने एकतन्त्रीय शासन व्यवस्थामा मात्र लगानी गरिने हुँदा यस्तो वातावरणमा हुर्किएको मानिसमा हरेक समस्या देखिन सक्छ भन्ने कुराको जनकारीका लािग यसको औचित्य रहेको छ । यसरी हेर्दा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता वास्तवमा हरेक राष्ट्र, समाज एवम् व्यक्तिका लागि बाधक सावित हुन्छन् । यसले व्यक्तिमा निरासता ल्याउने विकासका हरेक कुरालाई निषेध गर्ने हुँदा यसले नकारात्मक असरहरू धेरै पर्ने देखिन्छ । तर पनि यसको वास्तविक प्रभावको ख्याल नगरिएको हुँदा यसको अध्ययनको महत्त्व बढेको छ । यति मात्र होइन शैक्षिक जगतमा पनि बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको प्रभाव केही हदसम्म अझै कही कतै देख्न सकिन्छ । शिक्षा क्षेत्रमा बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको प्रभाव परेमा यसले विद्यार्थीहरूमा निकै नकारात्मक प्रभाव पार्ने निश्चित छ । यसको प्रभावले विद्यार्थीहरू बोल्न नजान्ने, समूहमा खुलेर बोल्न नसक्ने, डराउने, हडबडाउने, चिन्तित हुने, निरास हुने, आत्महत्याको प्रयास गर्ने, आफ्ना अन्तरङ्ग कुराहरू खुलेर भन्न नसक्ने जस्ता विविध समस्या उत्पन्न हुने हुँदा यसको प्रभावले नयाँ, ज्ञानबर्धक एवम् जीवनोपयोगी कुराहरू सिक्नुको साटो विद्यार्थीहरूमा नकारात्मक छाप पर्ने देखिन्छ । तसर्थ बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको पाटोलाई छोडी शिक्षा क्षेत्रमा बालबालिकालाई निकै माया गरेर उनीहरूको रुचि, इच्छा, चाहना एवम् भावना बुझेर सकेसम्म हरेक क्रियाकलापमा विद्यार्थीहरूलाई नेतृत्व गर्न दिएर, खेलाउँदै, घुमाउँदै उनीहरूका प्रतिभाहरूलाई जति सक्यो प्रस्फुटन गराउन मद्दत हुने गरी शिक्षा नीति बनाउनु पर्ने र सोहीअनुरूप पाठ्यक्रम र पाठ्यपुस्तक निमार्ण गरी लागु गर्नु पर्ने देखिन्छ । शिक्षाको इतिहास हेर्दा पहिले पहिले शिक्षामा पनि इन्डक्टिनेसन, बन्द समाज एवम् प्रजातान्त्रिक अनुभवहीनताको निकै प्रभाव परेको देखिन्छ तर अहिले आएर केही हदसम्म इन्डक्टिनेस, बन्द समाज एवम् प्रजातान्त्रिक अनुभवहीनताको  प्रभाव हटेको र प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न थालेको देखिन्छ । यसो गरियो भने विद्यार्थीहरूले आफूहरूलाई समयानुकूल पूर्णरूपमा विकसित गराउने विश्वसमुदायमा आफू र आफ्नो देशको नाम रोशन गर्न सक्ने सम्भावना देखिन्छ । 

निष्कर्ष :

        बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताले राज्यका जनता सधैँ दमन, शोषण र अत्याचारमा पर्ने, उनीहरूका प्रतिभा मौलाउन नपाउने, सधैँ आफ्ना इच्छा, चाहनाहरूलाई दबाएर राख्नु पर्ने एउटा व्यक्तिले भनेको कुरा मन नलाग्दा नलाग्दै पनि खुरुखुरु गरिरहनु पर्ने विवशता सिर्जना हुने र यसबाट राज्यका कुनै पनि जनताको हित नहुने खाली शासकहरू मात्र मोटाउने परिपाठको सिर्जना हुने देखिन्छ । यसको प्रभावले व्यक्तिको विकास भन्दा पनि ह्रास आउने देखिन्छ । सधँै अरूको हेपाहा प्रवृत्ति सहेर बस्नु पर्ने, अरूले भनेको सधैँ मान्नु पर्ने, आफ्ना कुरा राख्न नपाइने, आफ्ना विचारको सही मूल्याङ्कन नहुने एवम् बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताले समाजमा विकास भन्दा विनासको अवस्था सिर्जना गर्ने गर्दछ । मानिसहरूमा सिर्जनशीलताको विकास हुन पाउँदैन । समाजका लागि नयाँ एवम् हितकार कुराहरू हुँदैनन् । हरेक कुराहरू शासक केन्द्रित मात्र हुन्छ । प्रजातान्त्रिक अनुभव नभएको देशमा त्यहाँका जनताका हक अधिकार कुण्ठित हुने हुँदा त्यहाँको समाज एवम् जनता दबेर बस्नु पर्ने अवस्था सिर्जना हुन्छ । समग्रमा बन्द समाजले प्रजातन्त्रिक अनुभवहीनता सिर्जना गर्ने र समजको हित नगर्ने हुँदा समाजमा बस्ने हरेक मानिसले अफूमा भएको सिप, क्षमता, दक्षता एवम् सिर्जनालाई फुल्ने फल्ने र मौलाउने मौका दिनु पर्दछ । तब मात्र समृद्ध समाज एवम् समुन्नत राष्ट्र निर्माण गर्न सहज हुन्छ ।   

सन्दर्भ सूची (References) :

No comments:

Post a Comment