प्रतिवेदन लेखन

प्रतिवेदन लेखन 

कुनै पनि घटना, यात्रा वा अन्य प्रकारका कार्यहरूमा आधारित भई लेखिने विवरणात्मक र तथ्यपरक अभिव्यक्तिलाई प्रतिवेदन भनिन्छ। प्रतिवेदनमा विषय वस्तुलाई परिचय विवरण र निष्कर्षको शृङ्खलामा प्रस्तुत गरिन्छ । प्रतिवेदन विभिन्न प्रकारका हुन्छन् । कुनै प्रतिवेदनमा विषय वस्तुको व्यापक र गम्भीर प्रस्तुति हुन्छ भने कुनै प्रतिवेदनमा विषय वस्तु वा घटनाको सामान्य सर्वेक्षण मात्र गरिएको हुन्छ ।

नमुना – १ 


नेपालगन्जमा आयोजित साहित्यिक गोष्ठीको प्रतिवेदन

परिचय :
मध्य पश्चिमाञ्चलको प्रमुख सहर नेपाल गन्जमा २०६६ चैत २१ र २२ गते राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको थियो । सो सम्मेलन महाकवि लक्ष्मी प्रसाद देवकोटाको शत वार्षिकीका सन्दर्भमा आयोजना गरिएको थियो । त्यसलाई मध्य पश्चिमाञ्चल साहित्य महोत्सवका रूपमा पनि लिइएको थियो । त्यसका आयोजकका रूपमा मेरी साहित्य समाज पश्चिमाञ्चल, राप्ती साहित्य परिषद्, दाङ र मध्य पश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौंका साथै नेपाल प्रज्ञा प्रतिष्ठान रहेका थिए। त्यहाँ राजधानी काठमाडौं र देशका विभिन्न भागबाट अतिथि एवम् सहभागीहरूलाई निम्ता गरिएको थियो ।

विवरण :

कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका निम्ति त्यहाँ एक मूल समिति सक्रिय रहेको थियो। त्यसको अग्रसरतामा चैत २० गतेका दिन नेपाल गन्जमा पत्रकार सम्मेलन र साहित्यिक मोटर साइकल न्याली गरेर वातावरणलाई उल्लासमय तुल्याउन प्रयत्न भएको थियो ।

चैत २१ गतेका दिन प्रभात फेरी गर्दै साहित्यिक सम्मेलनप्रति जन समुदायको ध्यानाकर्षण गरिएको थियो मेरी प्राविधिक शिक्षालयको सभाकक्षमा सम्मेलनको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। त्यहाँ आयोजक र अतिथिहरूद्वारा महत्त्वपूर्ण मन्तव्यहरू प्रस्तुत भएका थिए । उद्घाटन सत्रपछि 'विश्वको महाकाव्यिक परिवेशमा देवकोटा', 'एक्काइसौं शताब्दीको विश्व साहित्यका परिप्रेक्ष्यमा नेपाली साहित्यको गन्तव्य एक सिंहावलोकन' र 'एक्काइसौ शताब्दीको विश्व सन्दर्भ र नेपाली साहित्य' शीर्षकमा कार्यपत्र प्रस्तुत भएका थिए। तिनमा टिप्पणीका साथ व्यापक छलफल भई सत्र समापन भएको थियो सोही दिनको बेलुका कार्यक्रम स्थलमा नेपाली, उर्दू, थारू र अवधी भाषाका कविता, गीत, सायरी र प्रहसन तथा राष्ट्रियताको भावनाले भरिएका नृत्य प्रस्तुत भएका थिए । दर्शक र श्रोताले तिनबाट मनग्गे मनोरञ्जन पाएका थिए । 

चैत २२ गते बिहान अर्को सत्रको थालनी भयो नेपाली साहित्यिक पत्रकारिता सम्बन्धी प्रस्तुतिका साथै "आधुनिक नेपाली साहित्यमा मध्य पश्चिमको योगदान' र 'नेपालको भाषा नीति : विगत, वर्तमान र भविष्य' शीर्षकका कार्यपत्रहरू त्यहाँ पढिए। तिनका बारेमा पनि टिप्पणीका साथ व्यापक छलफल भयो । समापन समारोहमा सहभागीहरूलाई पनि विचार अभिव्यक्त गर्ने अवसर प्रदान गरिएको थियो र समग्रमा कार्यक्रम सफल रहेको निष्कर्ष प्रस्तुत भएको थियो । उक्त समारोहमा नै भाषा साहित्यसँग सम्बन्धित नेपाल गन्ज घोषणा पत्र पनि जारी भएको थियो ।

निष्कर्ष र सुझाव :

उपर्युक्त कार्यक्रमले मध्य पश्चिमाञ्चलमा भाषिक तथा साहित्यिक जागरण ल्याउन त योगदान गयो नै, राष्ट्रिय स्तरमा महत्त्वपूर्ण सन्देश प्रवाहित गर्न पनि सो गोष्ठी सफल भयो । यसले एकातिर महाकवि देवकोटालाई विश्वका परिवेशमा नियाल्ने काम गन्यो भने अर्कातिर विश्व साहित्यको क्षितिजबाट नेपाली साहित्यलाई चियाउने चेष्टा पनि गयो । नेपालको भाषानीति, यहाँको साहित्यिक पत्रकारिता र मध्य पश्चिमाञ्चलको साहित्यिक गतिविधिबारे यहाँ उपलब्ध जानकारी पनि गोष्ठीका प्राप्ति बने । यस कार्यक्रमको सफलताले आयोजक र सहभागीहरू सबैमा उत्साहजनक सन्देश दियो ।

भविष्यमा यस प्रकारको कार्यक्रमलाई अऊ राम्रो पार्न सकिन्छ । त्यसका लागि हरेक कार्यपत्रको छलफलका निम्ति बढी समय रागनु उपयुक्त हुने छ । त्यसतर्फ सबैको ध्यान जाने अपेक्षा गर्न सकिन्छ ।


मिति : २०६६।१२।०५                                                                                   प्रतिवेदक 
                                                                                                          चन्द्रलाल राना मगर
  



स्राेत  : सबैकाे नेपाली, २०६९, साझा प्रकाशन 

No comments:

Post a Comment