साहित्य

समय गैगाे
हुकुमानन्द पाण्डेय




उज्यालाे अ‍ाकाशमा हेर काला तारा ।

माेटाउने माेटाए, मरे सर्वहारा ।।


अ‍ाशा देखाई  किन राजनीति गर्‍याे ।

वास्ता गरेनाै तिमीले काे बाच्याे मर्‍याे ।।


सरकार अ‍ाज निर्मलाहरू खाेइ ।

सबैतिर भन्छन् सारा कराइ राेइ ।।


वास्ता छैन राजा मरे मदन मरे ।

मेराे देशमा साच्चि के हुँदै छ हरे ।।


राजा, मदन् अनि निर्मलाकाे हत्यारा ।

कहिले पत्ता लाग्छ याे भन्दै छन् सारा ।।


अपराधीलाई नै भगाइन्छ यहाँ ।

दिउँसै रगत नै बगाइन्छ यहाँ ।।


सबै हराएकाे अ‍ाभास हुन थाल्याे ।

अ‍ाश मर्‍याे सबैकाे मन रुन थाल्याे ।।


अभिभावकबिनाकाे टुहुराेजस्तै ।

हिँड्छन् अब सारा यहाँ खरानी घस्दै ।।


लाजमर्दाे कलङ्क नभित्र्याऊ भैगाे । 

कुराभन्दा काम गर समय गैगाे ।

अ‍ाधुनिक गीत : अर्कैलाई मन पराएर मलाई तड्पाएर  
गीतकार÷शब्द : H.N.पाण्डेय         संगीत : सन्तोश श्रेष्ठ           स्- गीतकार : हुकुमानन्द पाण्डेय


अर्कैलाई मन पराएर मलाई तड्पाएर 

के गर्न खोज्यौ प्रिया एक्लो बनाएर 



छुट्यो माया दुख्यो मुटु हाँस्‍न सक्दिनँ,

तिमि बिना एक पल पनि बाच्‍न सक्दिनँ,



मध्य रातमा छटपटाई आफैँ डराएर 

पागल भए तिम्रई यादमा एक्लै कराएर 

लत्याएर एक्लै छोड्यौ अर्कै पाएपछि 

मैले भने मायामा चोट खाएपछि ।



तिम्ले दिएका चोटका घाउ चराएर ।

सारा जीवन बिचल्लि भो तिम्रई यादमा हराएर ।

अब भने अस्ताउँदै छु तिमी उदाउनु ।

मर्‍याे भन्‍ने खबर सुन्दा खुसी मनाउनु ।



आधुनिक गीत
 


                                                                                 – शब्द÷सङ्गीत : हुकुमानन्द पाण्डेय 
                                                                               

ए माया मलाई नछोड ।।

ए माया बाँचा नतोड ।।

टुटाएर जाँदै छ्यौ -छौ_ रे ।

फुटाएर जादै छ्यौ -छौ_ रे ।
पवित्र त्यो हाम्रो नाता,
छुटाएर जादै छ्यौ-छौ_ रे ।

बल्झाएर जानेभयौ ।

अल्झाएर जानेभयौ ।
चोखो यो मनमा आगो,
सल्काएर जानेभयौ ।

किन छोडी जानलाग्यौ 

बाँचा तोडी जानलाग्यौ ।
-बीच बाटोमा एक्लै पारी 
बाटो मोडी जानलाग्यौ_
हेर्दा हेर्दै पराईको,          
घुम्टो ओडी जानलाग्यौ ।

तिम्लाई माया गर्ने मान्छे ।

मरिहत्ते गर्ने मान्छे ।
तिम्रा लागि भनेपछि,
कति माया गर्ने मान्छे ।
साच्चि छोडी गयौ भने,
तड्पि तड्पि मर्ने मान्छे ।



भूकम्प विशेष गीत  
                गीतकार : हुकुमानन्द पाण्डेय         मिति : २०७२/०२/०५

थर्कियो बस्ती 
चर्कियो धर्ती 
भू–कम्पले ====================
बनायो निरास 
गरायो विनास 
========================================================================================================

हामी सबै जुट्नु पर्छ आपतिको बेला,
नसोचेको भयो देशमा दैवको हो खेल,

हजारौको ज्यान गयो, 
खलवली नै भयो,
"–कम्प आयो,
========================================================================================================

खाने छैन बस्‍ने छैन बाँच्‍न भयो गाह्राे 
आज हेर हाम्रो देशमा अनिकाल छायो ।

छटपटिमा मर्न लागे
सहयोग गर्नु प¥यो
भू–कम्प आयो ।
========================================================================================================

विदेशबाट सहयोगको लहर आएपछि ।
बाँच्‍न अलि सजिलो भो राहात पाएपछि ।
    
मन पग्लियाे 
सहयोग मिल्यो 
कहिल्यै भुल्ने छैनौँ 
सँगै बस्‍ने नेपाली 
आज साथमा रैनौँ 
======================================================================================================== 

कति भए घरवार विहिन टुहुरा कति भए,
अझै सम्म कम्पनहरू कति गए गए,

सजक हुनुपर्छ, भूकम्पको बेला । 
अवसवादी रोगहरूको हुनसक्छ मेल,
फेरि पनि आउन सक्छ दैवको हो यो खेल ।

========================================================================================================


भूकम्प विशेष गीत

गीतकार : हुकुमानन्द पाण्डेय 

उठौँ युवा हो ।।
जुटौँ युवा हो ।।

दुखेको आमाको मन रुन दिनुहुन्न,
भताभुङ्ग अस्तवेस्त हुन दिनुहुन्न,

हामी सबै जुट्नुपर्छ आपतिको बेला,
-नसोचेको भयो देशमा_ जहिले पनि हुन सक्छ दैवको यो खेल,

देश रुँदा जसरी नि हसाउनुपर्छ,
एक एक गरी वस्ती सारा बसाउनुपर्छ,

नेपाल रहेपछि मात्र हामी हुन्छौँ भनी,
काम गरौँ यति बेला कुरा भन्दा पनि,

पूर्व रुँदा पश्‍चिम हाँस्‍ने कहिले नि हुँदैन,

हामी केही त ज्यूदो नै छौँ रुनु पर्दैन,





No comments:

Post a Comment