विषय : नेपाली
पाठ : १
जन्मभूमि
पात्रहरू : रामचन्द्र, लक्ष्मण, भरत, शत्रुघ्न, सीत, सुमित्रा, उर्मिला, रावण, विभीषण, इन्द्रजित (रावणको माइलो छोरो), वानर फौज, हनुमान, सुग्रीव, कुकुर
कथा सन्दर्भ र प्रस्तुति : राम र रावणको युद्ध पश्चात् रामको विजय र रावणको पतन हुनुको कारणसमेत उल्लेख गरी जन्मभूमिप्रतिको अगाध माया भावलाई प्रस्तुत गरिएको ।
जन्मभूमि कथाको सन्देश :
असत्यमाथि सत्यको विजय हुने
अहङ्कारी स्वभावले मान्छे रावण झै घमण्डी बन्ने र त्यसैले उसको सर्वनाश हुने
सफलता प्राप्तिका लागि आफन्तको सहयोग चाहिने र यसका लागि सत्कर्म गर्नुपर्ने
सत्कर्मलाई सबैले साथ दिने हुँदा सफलता प्राप्त गर्न सकिने
असत्यको बाटामा लागेमा आफन्तले समेत साथ दिन नहुने
जन्मभूमिजस्तो सुन्दर र महान ठाउँ संसारमा कही पनि नहुने
जन्मभूमिको सेवाबाट नै स्वर्ग समानको सुख र शान्ति प्राप्त हुने
भौतिक सुख सुविधामा रमाएर आफ्नो जन्मभूमिलाई बिर्सन नहुने
भाव :
पौराणिक कथा रामायणमा आधारित जन्मभूमि कथा कक्षा १० को नेपाली पाठ्यपुस्तकका लेखक तथा सम्पादक मण्डलद्वारा सम्पादित निकै नै आकर्षक, लोकप्रिय एवम् सन्देशमूलक कथा हो । कथामा अहङ्कारले नै हरेक मानवको पतन हुने र असत्यमाथि सत्यको सदा विजय हुने दृष्टान्त प्रस्तुत गर्दै हरेक मानिसहरू सदा सत्य र न्यायको पक्षमा उभिनुपर्ने सन्देशसहित भौतिक सुख सुविधाका पछि लागेर आफ्नो जन्मभूमिलाई कदापि बिर्सन नहुने भन्दै जन्मभूमिप्रतिको अस्था र समर्पण भावलाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
पाठ : २
सन्तुष्टि
– भरतराज पन्त
कवि परिचय
नाम : भरतराज पन्त
जन्म : १९८६ असार ३०, काठमाडौँ
पेशा : प्राध्यापन
शिक्षा : एम.ए.(नेपाली), साहित्यचार्य (संस्कृत)
मृत्यु : २०६५ साल वैशाख १८
श्लोकअनुसारको भाव
खाने त एक पेटै हो
त्यसैले टम्म हुन्छ म
लाउने एक जोरै हो
त्यसैले गम्म हुन्छ म ।१।
मानसले अाफूसँग जति धेरै खाने कुरा भए पनि एक पेट खाने र जति धेरै लुगा भए पनि अाफ्नाे शरीर एक जाेर लुगाले नै ढाक्ने हाे । यसर्थ अनावश्यक कुराकाे लाेभ गर्नु हुँदैन ।
जमिन तिन हातैकाे सुत्नलाई प्रशस्त छ
घाम पानी सके ओत्न झुपडी मग्नमस्त छ ।२।
सुत्नलाई तिन हातको जमिन
भए प्रसस्त पुग्छ भने घाम पानी ओत्नलाई झुपडी नै भए पनि मग्नमस्त हुन्छ ।
स्वावलम्बी सके वन्न
कुनै चाहिन्न नोकर
सर्वत्र जॉगरै तातोस
कसले लाउने कर ।३।
आफ" स्वावलम्बी बन्न सके काम सघाउने नोकरको आवश्यकता पर्दैन । जाँगर लगाएर हरेक काममा सक्रिय बन्ने हो भने कसैले काम गर भनेर अाउने वा कर लगाउने गर्नु पर्दैन।
सीमा विलासको छैन स्वाद
छैन गिलासको
खाँचो छ एउटै मात्र
मित्रताको मिजासको ।४।
मोजमस्तीको कुनै सीमा छैन भने गिलासमा भएको चीजको कुनै स्वाद छैन । यस संसारमा मित्रता र मिजासको मात्र खांचो छ ।
समेटी घुस अन्याय चाहन्नँ
म धनी हुन
आँखा छली परीक्षामा
चाहन्न इलमी हुन ।५।
घुस खाएर अन्याय गर्दै
हामीलाई संसारको अगाडि धनी वन्नु छैन । शिक्षकको आँखा
छलेर किताब सारी इलमी पनि बन्नु छैन .
नखाई सञ्चिता गर्ने
लोभीको चैन छैन रे ।
खाएर नगरे काम अर्को
पापी हुँदैन रे ! |६|
नखाई नखाई सचिता गर्ने
व्यक्ति लोभी हुन्छ त्यसलाई कहिल्यै पनि आनन्द हुँदैन । काम नगर्ने कामका लागि सधै अर्काको भर पर्ने खाएर मात्र बस्ने व्यक्ति पापी हुन्छ ।
अर्काको भाग खोसेमा
डाँका अर्को हुँदैन रे !
आफ्नो भर परे आफै
लाञ्छनाले छंदैन रे ! ॥७॥
अर्काको धन, सम्पत्ति खोस्ने, लुट्ने गर्यो भने डाका बनिन्छ . यसबाट सन्तुष्टि लिन सकिFदैन । आफ्नाे काम आफै गर्ने आत्म निर्भर बन्ने हो भने कसैले पनि लाञ्छना लगाउन सक्दैन .
नआओस् आत्तिने दु :ख
मात्तिने धन सम्पत्ति
यतिले राम्ररी चल्छ सारा
जीवनको गति
मनै विरक्त बनाउने किसिमको दुःख पनि कसैलाई नआओस् भने मनमा अहइकार आउने किसिमको धन सम्पत्तिको पनि कुनै अर्थ छैन । सन्तोषम् परम सुखम् भन्दै जे छ त्यसैमा खुसी रहने हो भने जीवनलाई सजिलै चलाउन सकिन्छ ।
छन् आखा दुइटा हाम्रा
हेर्नुपर्छ दुवैतिर
कान छन् दुइटै हाम्रा
सुन्नपर्छ दुवैतिर ।९।
दुइटा आँखाले दाया बाया दुवैतिर हेर्नु पर्छ सकेसम्म कुनै पनि दृष्टि भ्रम नपरोस् । दुइटा कानले अगाडि पछाडि दुवैतिर सुन्नुपर्छ ताकि कुनै पनि श्रुति भ्रम नपरोस्। सही र गलत पत्ता लगाउन सक्ने क्षमता हाम्रा कान र आँखामा हुनुपर्छ ।
चिनोस् सुगन्ध दुर्गन्ध
नाकका दुई प्वालले
जिभ्रो एकै कुरा खोलोस
मर्म जानेर ख्यालले ॥१०॥
नाकले सुगन्ध र दुर्गन्ध छुट्याउनु पर्छ । अवस्था, स्थान, परिस्थिति जानेर हरेक कराको विचार गरेर मात्रै जिब्रो खोल्नुपर्छ । त्यस्तै कुनैकुरा बोल्दा विषयको मर्म र गम्भीरतालाई ध्यान दिनुपर्छ ।
वत्तिस दन्तको काम
कट्कटाउनु होइन
यी हात पाउको काम
छटपटाउनु होइन ।११।
हाम्रा दांतको काम चपाउनु मात्र नभएर व्यक्तित्व झल्काउनु तथा स्वस्थता प्रदान गर्नु हो ।हाम्रा हातको काम पौरख गर्नु तथा परिश्रम गर्नु हो भने पाउको काम सही गन्तव्य पत्ता लगाउनु हो ।
बलले रचना निस्कोस्
बुद्धिले सिर्जना नयाँ
मनले ममता माता तनले
चेतना नयाँ |१२|
बलको उपयोग रचनात्मक काममा गर्नुपर्छ, वलको घमण्ड गर्ने, झगडागर्ने गर्नु हुन्न, बदधिको प्रयोगले नविनतम् सिर्जनाहरु जन्माउनुपर्छ । मनमा सदा ममता सजाउनुपर्छ शरीरमा सदा स्फति र चेतना जगाउनुपर्छ ।
पृथिवी तल नै स्वर्ग
जनता नै जनार्दन
उपकार सदा पूजा फल हो दुःख
मोचन ॥१३॥
जननी जन्मभूमि, हाम्रो पृथ्वी नै स्वर्ग हो भने यसमा बसोबास गर्ने जनता भनेका भगवान हन । दुःखी, गरिब तथा असहाय माथि उपकार गर्यो भने दुःखबाट सजिलै छुटकारा पाउन सकिन्छ ।
यसैभित्र छ संसार सार हो
यति नै फगत्
यसैभित्र अडेको छ
सृष्टाको सृष्टिमा जगत् ॥१४॥
सृष्टिको नियमभित्र संसार अडेकाले जीवन र जगत्को भित्री रहस्य हामीले बुझ्नुपर्छ । स्रष्टाले सिर्जना गरेको यस जीवन र जगत्लाई सबैले गतिशील बनाउनुपर्छ।
भाव :
सन्तुष्टिÚ कवितामा कविले आफूलाई एक पेट खान, एक जोर लाउन, वस्नलाई एउटा झुपडी र सुत्नका लागि तिन हात जमिन भए पुग्ने भावना व्यक्त गरेका छन् । भोग विलासमा रम्ने र धेरै रमझम गर्ने उनको चाहना छैन । आफैँ जाँगर चलाएर स्वावलम्बी भई सबैसँग मित्रवत् सम्बन्ध राखेर बाँच्ने कविको चाहना छ घुस खाएर र अरूमाथि अन्याय गरेर धनी हुन उनलाई पटक्कै मन छैन । आफैँले नखाएर जोगाई राख्ने लोभी बानी पनि उनको छैन । अरूको कमाइ खाएर आफू सुखी हुने पापी बन्ने काम उनलाई मन पर्दैन ।
कविको विचारमा अर्काको भाग खान खोज्नु डाँका काम गरे जस्तो हो । कसैले कुनै लाञ्छना लाएर बाँचेको जिन्दगी धिक्कारपूर्ण हो । दुःखमा नआत्तिने र सुखमा नमात्तिने मानिसको स्वभाव हुनुपर्छ भन्ने उनको मान्यता छ । कानको काम राम्रा नराम्रा कुरा दुवै सुनेर राम्रा मात्र कुरा लिनु हो । त्यस्तै आँखाको काम पनि सबैतिरका कुरा हेरेर सही कुरालाई मात्र ग्रहण गर्नु हो । त्यस्तै बत्तिस दन्तको काम अरूको सुख र उन्नति देखेर रिसले दाँत कट्कटाउनु होइन । हात पाउको काम कामकाजबिना यताउति भड्केर हिँड्नु होइन । नाकको काम सुगन्ध र दुर्गन्ध पहिचान गरी सुगन्धलाई अपनाउनु हो । त्यस्तै जिब्रोको काम मनलागी बोल्नु होइन कि विचार गरेर मात्र चाहिने कुरा मात्र बोल्नु हो .
कविको भनाइअनुसार बलको काम निर्बलमाथि तागत देखाउनु होइन । नयाँ नयाँ रचना र विकासमा लगाउने बल नै सच्चा बल हो । त्यस्तै बुद्धिको काम अशिक्षितमाथि शासन र शोषण गर्नु होइन । यसले त सबै प्राणीको हित र कल्याण हुने सिर्जनात्मक कार्य गर्नुपर्छ मनको काम चञ्चलता बढाउने होइन । यसले त सबैमा ममता छर्नुपर्छ । यसलाई मातृभूमिको मायामा समर्पण गर्नुपर्छ त्यसै गरी तन वा शरीरको काम बाह्य शृङ्गारको प्रदर्शन गर्नु होइन । यसको काम त भित्री चेतनाको विकास र विस्तार गर्नु हो । ययार्थमा जनता नै जनार्दन वा ईश्वर हुन् । जहाँ ईश्वर बस्छन्, त्यो नै स्वर्ग हो । जनताको उपकार गर्नु नै ईश्वरको सच्चा पूजा हो । जनताका दुःख मोचन गरेर सबैलाई हँसाउन सकियो भने त्यो नै सच्चा ईश्वरीय फल हो । कविका यस्तै विचार तथा सन्देशहरूले यो कविता भरिपूर्ण रहेको पाइन्छ ।
सप्रसङ्ग व्याख्या :
नमुना नं. – १
नआओस् आत्तिने दुःख मात्तिने धन सम्पत्ति
यतिले राम्ररी चल्छ सारा जीवनको गति ।
उत्तर :
नआओस् आत्तिने ............................................................
............................................................. जीवनको गति ।
प्रस्तुत कवितांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘सन्तुष्टि’ कविताबाट साभार गरिएको हो । सन्तुष्टि कविता सन्तोषम् परम सुखम्–काे मूल मन्त्रका साथ परिष्कारवादी कवि भरतराज पन्त (वि.सं. १९८६–२०६५) द्वारा रचना गरिएको निकै नै आकर्षक, लोकप्रिय, सन्देशमूलक एवम् नीतिप्रधान रचना हो । कवितामा कविले सन्तुष्टि प्राप्त गर्ने उपायका बारेमा चर्चा गर्ने सिलसिलामा हरेक मानिसको जीवनको गतिलाई सार्थक बनाउनका लागि आत्तिने दुःख र मात्तिने धन सम्पत्ति प्राप्त हुनु हुँदैन भन्ने आशयलाई प्रस्तुत गर्ने प्रसङ्गमा माथिको कवितांश आएको हो ।
मानवीय आवश्यकताहरू असीमित हुन्छन् । ती आवश्यकता प्राप्तिका लागि मानिस सङ्घर्ष गर्दछ । एकपछि अर्को आवश्यकता प्राप्ति हुँदै जाँदा पनि ऊ कहिल्यै सन्तुष्ट हुन सक्दैन । यसर्थ सन्तुष्टि भन्ने कुरा कुनै सीमित कुराको प्राप्तिसँग मात्र जोडिएको हुँदैन । यो त केवल मनसँग जोडिएको कुरा भएकाले सन्तुष्ट हुनका लागि त आफूसँग जे छ, त्यसैमा खुसी हुन सक्नुपर्दछ । तर पनि जीवनको यो गति एकपछि अर्को वस्तुको प्राप्तिको आकाङ्क्षामा दौडिरहेको हुन्छ । जीवनको यो गतिलाई सार्थक बनाउनका लागि कसैको जीवनमा पनि अकल्पनीय दुःख र सुखको बाढी कहिल्यै आउनु हुँदैन । किनकि नसोचेको दुःख पर्दा मानिस निकै आत्तिन्छ । उसको धैर्यताको बाँध फुट्न सक्छ । अनियन्त्रित बन्न सक्छ । यसैगरी अकल्पनीय सुखको प्राप्तिमा पनि मानिसले नियन्त्रण गुमाउन सक्छ । आफूले आफैलाई भुल्न सक्छ । आफ्नो स्तरलाई बिर्सन सक्छ । यसो भएमा मानिसले आफ्नो धरालत बिर्सन गई आफ्नो अस्तित्व समेत सङ्कटमा पार्न सक्दछ । यसर्थ मानव जीवन आफ्नै गतिमा सन्तुलित ढङ्गले अगाडि बढ्नु पर्दछ । जीवन सन्तुलित ढङ्गले अगाडि बढ्नका लागि कहिल्यै पनि नसोचेको दुःख र सुख कसैको जीवनमा पनि आउनु हुँदैन । यसो भएमा जीवन सङ्घर्षशील हुन्छ र आफ्नै गतिमा अगाडि बढ्दछ । यसले गर्दा जीवन सार्थक बन्दछ ।
अत: सन्तुष्टि अकल्पनीय दुःख र सुखले कदापि प्राप्त हुन सक्दैन । सन्तुष्ट हुनका लागि त आफूसँग जे छ त्यसैमा खुसी भई आफ्नो जीवनलाई आफ्नै गतिमा निरन्तर अगाडि बढाउनु पर्दछ भन्ने भावसहित निकै सरल भाषा एवम् पद्य शैली र अनुष्टुप छन्दमा रचना गरिएको कविताका प्रस्तुत श्लाेकले मानव जीवनलाई सन्तुष्ट बनाउने उपायहरू प्रस्तुत गरेको छ ।
– हुकुमानन्द पाण्डेय
नमुना नं. – २
पृथिवी तल नै स्वर्ग जनता नै जनार्दन
उपकार सदा पूजा फल हो दुःख मोचन ।
उत्तर :
पृथिवी तल .......................................................................
................................................................... दुःख मोचन ।
प्रस्तुत कवितांश कक्षा १० को नेपाली पाठ्यपुस्तकमा समावेश गरिएको ‘सन्तुष्टि’ कविताबाट साभार गरिएको हो । सन्तुष्टि कविता सन्तोषम् परम सुखम्को मूल मन्त्रका साथ परिष्कारवादी कवि भरतराज पन्त (वि.सं. १९८६–२०६५) द्वारा रचना गरिएको निकै नै आकर्षक, लोकप्रिय एवम् सन्देशमूलक रचना हो । कवितामा कविले सन्तुष्टि प्राप्त गर्ने उपाय प्रस्तुत गर्दै एक सच्चा मावनमा हुनुपर्ने गुणका बारेमा चर्चा गरेका छन् । हरेक मानिसले आफ्नो जीवनमा सन्तुष्टि प्राप्त गर्नका लागि गर्न हुने काम र गर्न नहुने कामका बारेमा सचेत बनाउँदै स्वर्ग, धर्म र ईश्वरका बारेमा बुझ्नुपर्ने कुराहरूलाई प्रस्तुत गर्ने सन्दर्भमा माथिको कवितांश आएको हो ।
कविको विचारमा मान्छे स्वर्ग प्राप्ति गर्ने सिलसिलामा विभिन्न मठमन्दिरमा जाने, पूजापाठ, ध्यान गर्ने गर्छ । त्यो स्वर्ग प्राप्त गर्ने बाटो होइन । अरूको दुःख नबुझ्ने मान्छे कहिल्यै धर्मात्मा हुन सक्दैन । स्वर्ग र नर्क खोज्न कतै जानु पर्दैन । गहिरोसँग बुझ्ने हो भने यो पृथ्वी वा संसार नै स्वर्ग हो । स्वर्ग र नरक बनाउने हात हाम्रै हुन् । देवता खोज्न पनि कहीं जानुपर्दैन । प्रत्येक मान्छेका मन वा आत्मामा ईश्वर रहेका छन् । त्यसैले जनता नै ईश्वर हुन् । यदि देशमा रहेका दुःखी जनताको आत्मालाई खुसी बनाउन सकियो भने वास्तविक ईश्वरको पूजा त्यहाँ हुन्छ । बिनास्वार्थ दुःखी, दरिद्र तथा निमुखा जनताको उपकार गर्नु नै सच्चा ईश्वरको सेवा हो भन्ने उनको भनाइ छ । यदि हामीले अप्ठ्यारामा परेका जनतालाई सुख सुविधा दियौं र उनीहरूको आत्मा खुसीले हाँस्यो भने त्यो नै ईश्वरीय फल वा आशीर्वाद हो । मानव सेवा नै ईश्वरीय सेवा हो । मानव सुखले भरिपूर्ण संसार नै स्वर्ग हो । यस्तै मानव कल्याणमा लागेर सच्चा ईश्वरको प्राप्त गरी आफ्नो संसारलाई स्वर्ग बनाउन लाग्नुपर्ने उनको आग्रह छ । जो अरूको खुसीमा हाँस्न सक्छ त्यो उसको सर्वोच्च सन्तुष्टि र स्वर्ग हो भन्ने भावलाई माथि दिइएको कवितांशमा अभिव्यक्त गरिएको छ ।
अत: प्रस्तुत कवितांशमा मानिसले खुसी, सन्तुष्टि र आनन्द प्राप्त गर्ने उत्तम उपायलाई प्रस्तुत गरिएकाे छ । आफ्नो देश बनाउन सके त्यो नै स्वर्ग हो र जनसेवा नै मूल धर्म हो भन्ने दिव्य सन्देश दिनु प्रस्तुत कवितांशको उद्देश्य देखिन्छ । सरल भाषा पद्य शैली एवम् अनुष्टुप छन्दमा रचना गरिएकाे प्रस्तुत कवितामा देशभक्ति, राष्ट्रप्रेम र ईश्वरीय सारको कुरा व्यक्त गरिएकाे छ ।
पाठ : ३
सन्दुक रुइत
सस्वर पठन
१.
२.
पाठ : ४
थाङ्का
पाठ : १५
टीका
– भीमनिधि तिवारी
धेरै धेरै धन्यवाद सर
ReplyDelete