- हुकुमानन्द पाण्डेय
परिचय :
शैक्षिक जगत्-मा नयाँ आयाम थप्न दार्शनिक जोन डिबेको दार्शनिक धारणा निकै उपयोगी छ । उनी भन्छन्, "शिक्षा जीवन हो, जीवनको तयारी होइन ।" यसर्थ बालकले आफ्नो जीवनावधिभर भविष्यको तयारी गर्ने बहानामा आफ्नो ऊर्जाशील समय कसैको अधीनमा बिताउनु नपरोस् । शिक्षाले त केवल बालकको सिकाइ सहज बनाओस् किनकि कसैको अधीन र दमनमा सिकेको सिकाइले जीवनकालमा पूर्ण रूपमा काम गर्न सक्तैन ।
बालबालिकालाई प्रजातान्त्रिक वातावरणमा सिकाइको अवसर प्रदान गरी जति सक्दो उनीहरूमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गराई कलात्मक एवम् सहभागितात्मक रूपमा सिकारुलाई सक्रिय बनाएर सिकिने सिकाइ नै प्रभावकारी एवम् जीवनोपयोगी हुने कुरामा जोनडिबे जोड दिन्छन् ।
शैक्षिक धारणा :
– शिक्षाले बालबालिकालाई समान खालको अवसर प्रदान गर्नुपर्दछ ।
– बालबालिकालाई शैक्षिक क्रियाकलापमा सक्रिय बनाउनुपर्दछ ।
– शिक्षा जीवनोपयोगी हुनुपर्दछ ।
– शिक्षाको दायरा सीमित नगराई फराकिलो बनाउनुपर्दछ ।
– शिक्षाले बालबालिकाको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गारउन सक्नुपर्दछ ।
– विद्यार्थी आफैँले शैक्षिक योजना बनाउन पाउनुपर्दछ ।
– विद्यार्थीले चाहे अनुसारको शिक्षा स्वतस्फुर्त रूपमा आर्जन गर्न पाउनुपर्दछ ।
– शिक्षालाई अनुभवसँग जोड्नुपर्दछ ।
– शिक्षा व्यवहारिक एवम् जीवनोपयोगी हुनुपर्दछ ।
– बालबालिकालाई सिकाइको लागि रमणीय वातावरण सिर्जना गरिदिनुपर्दछ ।
– विद्यार्थीले आर्जन गरेको सिकाइले समाजमा प्रत्यक्ष प्रभाव पारेको हुनुपर्दछ ।
समग्रमा शिक्षा जीवनोपयोगी सहभागितात्मक एवम् सिसर्जनशील हुनुपर्छ भन्ने कुरामा आफ्नो विचार प्रस्तुत गरी बच्चा सिकाइका लागि नै तयार भएन वा सिकाइ क्रियाकलापमा उसले पूर्ण रूपमा चासो नै दिएन भने सिकाइ हुन सक्तैन तसर्थ प्रजातान्त्रिक सहभागिता नै पहिलो कडी रहेको डिबे बताउँछन् । शैक्षिक जगत्मा बालकेन्द्रित शिक्षण विधिलाई प्रभावकारी रूपमा अगाडि बढानुपर्छ भन्ने धारणा राखी शिक्षक सहजकर्ता भई विद्यार्थीको भूमिका सक्रिय बनाउनुपर्ने कुरामा जोन डिबेले आफ्नो बलियो तर्क अगाडि सारेका छन् ।
No comments:
Post a Comment