कक्षा : ११

पाठ : १ 

वीर पुर्खा 

– वासुदेव  त्रिपाठी

वीर पुर्खा । Bira Purkha । Basudev Tripathi । Class 11



कवि परिचय

नाम : प्रा. डा. वासुदेव त्रिपाठी

जन्मस्थान : गण्डकी अञ्चल, तनहु जिल्ला, भानु नगरपालिका वडा नं. १, भानुनगर

जन्ममिति : वि. सं. १९९९ साल चैत्र १३ गते ।

मातापिता :  गोमा त्रिपाठी र प्रेमदत्त त्रिपाठी

शिक्षा : एम. ए. (नेपाली र अङ्ग्रेजी), पी.एच.डी.(नेपाली), नेपाली विषयमा पहिलो विद्यावारिधि

सेवा : प्राध्यापन, नेपाली केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर

– उपकुलपति : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

– नेपाली समालोचनाका सम्राट

– देशभक्त, मानवतावादी, प्रकृतिप्रेमी, नेपाली भाषा एवम् संस्कृतिप्रेमी कवि । 


वीर गोर्खालीसम्बन्धी केही भनाइहरूः

  • अमरसिंह थापाले ब्रिटिस पक्षबाट प्रलोभन देखाउँदा भनेका थिए : म बाघको बच्चो डमरु हुँ, सिनो खाने कुत्ता होइन ।

  • जर्मन चान्सलर अटोभन बिसमार्क : म विश्वका जुनसुकै देशका सेनासँग मेरो देशका सेनाहरु लडाउन सक्छु तर गोर्खाली सेना भनेपछि मेरो मुटु थरथर काम्छ ।

  • जर्मन शासक हिटलर : यदि मसँग गोर्खाली सेना हुन्थ्यो भने कुनै पनि देशका सेनाले मलाई हराउन सक्दैनथ्यो ।

  • भारतीय भूपु सैनिक साम मनेक्स : यदि कुनै मान्छे मर्नबाट डराउँदिनँ भन्छ भने कि त्यो झुटो बोल्दै छ कि त्यो गोर्खाली हो ।

  • ओसामा बिन लादेन : यदि मसँग गोर्खाली सेना हुन्थ्यो भने अमेरिकालाई काँचै खाइदिन्थेँ ।

  • पाकिस्तानी सैनिक जनरल : यदि मेरो पक्षमा गोर्खाली सेना भैदिएको भए नयाँ दिल्लीमा आनन्दले डिनर गर्थे ।

कवितामा प्रयुक्त लयकाे चिनारी :

– यो कविता झ्याउरे लयमा रचना गरिएको छ । 
– ४+४+४+४=१६ अक्षर
यसमा प्रशस्त कविता गीत र गजल लेखिएका छन् ।

१) ३+२+३+२+३+३

हातका मैला सुनका थैला के गर्नु धनले

साग र सिस्नु खाएको बेस आनन्दी मनले

– देवकोटा

सानो छ खेत सानो छ बारी सानै छ जहान 

नगरी काम पुग्दैन खान साँझ र बिहान

– दैवज्ञराज न्यौपाने

– वीर नेपालीको वीरताको गाथा प्रस्तुत 

– वीर नेपालीको यशोगान 


कविताको भावार्थ :

१. कुन पहाडले कुन खोलाले  तिम्रो गति छेकेथ्यो र
वीर पुर्खा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र 
गरुडको झैँ वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो 
पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।


नेपाललाई स्वतन्त्र एवम् स्वाधीन राष्ट्र बनाउनका लागि हाम्रा वीर पुर्खाले निकै महत्त्वपूर्ण भूमिका खेलेका थिए । 
वीर पुर्खाहरूको अदम्य साहस र वीरताको तुफानी गतिलाई कुनै पनि पहाड, खोला, आँधी र विश्वको कुनै पनि तागतले रोक्न छेक्न सकेन । 
हावामा कावा खाँदै उड्न सक्ने गरुडको जस्तो गति भएका शूर, वीर बहादुर गोरखालीको वेगलाई कुनै पनि आकाशको तागत वा विश्वको शक्तिले नियन्त्रण गर्न सकेन ।
उनै वीर पुर्खाको त्याग, तपस्या एवम् वीरताका कारण आज हिमाल, पहाड र तराईसहितको विशाल नेपाल निर्माण भएको छ ।    

२. पूर्व टिस्टा तिमीलाई सम्झी अझै रुन्छ होला 
पश्चिम राबी तिम्रो अझै रक्तधारा धुन्छ होला 
काँगडा र कलङ्गाको ढुङ्गा माटो बोल्छ होला 
वीर पुर्खा ! तिम्रो गीत गङ्गाभरि गुँज्छ होला ।

हिजो वीर नेपालीहरूले आफ्नो अदम्य साहसका कारण नेपालको सीमाना पूर्व टिस्टा सम्म पु¥याएका थिए तर आज त्यो भूमि पराइको हातका छ । यसर्थ आज त्यो पूर्वको टिस्टाले वीर नेपालीलाई सम्झेर आफू उनै वीर नेपालीको हुन पाए हुन्थ्यो भन्दै तिनै वीर नेपालीलाई सम्झँदै रुन्छ होला ।

आफ्नो देशको रक्षाका लागि शत्रुहरूसँग लड्दै गर्दा वीर नेपालीले बगाएका रगतका धाराहरू राबी नदीले अझै पनि धोइरहेको छ होला ।

पराइसँग झुक्दै नझुक्ने वीर नेपालीको वीरतालाई सम्झेर काँगडा र कलङ्गासमेत बोल्छन् होला । 

गङ्गाले समेत वीर नेपालीको गीत गुन्जाउँछ होला ।

३. डिगर्चामा डोब तिम्रो चिसो हिउँभित्र होला 
वेत्रावती किनारभरि पौरखको चिनो होला
वीर पुर्खा ! तिमीलाई मितेरीले मात्रै बाँध्यो
सागर तरी संसारभरि वीर गोर्खा रगत बग्यो ।

आफ्नो देशको रक्षाका लागि पूर्व र पश्चिममा मात्र होइन वीर नेपालीहरू उत्तरी सीमाना गएर पनि आफ्नो वीरता प्रदर्शन गरेका थिए । उत्तरमा पर्ने वेत्रावती नदीको किनारै किनार अगाडि बढ्दै आफ्नो वीरता प्रदर्शन गर्ने सिलसिलामा उत्तरी मीमानामा पर्ने डिगर्चाको त्यो चिसो हिउभित्र अझै पनि वीर नेपालीको चिनो होला भनेर कविले कवितामा वीर एवम् पराक्रमी पुर्खाहरूको स्मरण गरेका छन् । 
विश्वको कुनै पनि तागतले वीर नेपालीलाई हराउन नसकेपछि सुगौली सन्धिजस्ता विभिन्न सन्धि गरेर मित्रताको नाता गाँसेको कुरा कविले स्मरण गराएका छन् ।
आफ्नो देश निर्माणका लागि वीर पुर्खाहरूले बगाएको रगत र उनीहरूको वीरताको खबर संसारभरि फैलिएको छ । 

४. नाका थुनी नेपालीलाई कसले छेक्न सकेथ्यो र
हिमालको हिमनदी कसले रोक्न सकेथ्यो र 
वीर पुर्खा ! तिम्रै रगत नेपालीका नसाभरि 
उही गीत उही गौरव चन्द्रसूर्य ध्वजाभरि ।


पाठ : १० 

कृषिशालामा एक दिन


 

No comments:

Post a Comment