Project Work / परियोजना कार्य

परियोजना कार्यसँग सम्बद्ध शीर्षकहरू – २०८३ 
कक्षा : ११ र १२        विषय : अनिवार्य नेपाली   विषय शिक्षक : एच. एन. पाण्डेय 

सहकार्य र सामूहिक चिन्तनबाट वस्तुपरक अध्ययन गरी तथ्यसहितको नयाँ निष्कर्ष प्रस्तुत गर्न क्रमाङ्क (रोल नम्बर) १ देखि १० ले शीर्षक नम्बर १, क्रमाङ्क ११–२० = २, क्रमाङ्क २१–३० = ३, क्रमाङ्क ३०–४० = ४, क्रमाङ्क ४०–५० = ५ नम्बरमा उल्लिखित विषयमा केन्द्रित भई परियोजना कार्य सम्पन्न गर्नका लागि निर्धारित शीर्षकहरू :

प्रथम चरण (अ‍ाषाढ र श्रावण)

कक्षा : ११

शीर्षक नं. (१)  ‘वीर पुर्खा’ कवितामा राष्ट्रिय चेतना 
ड्राइभिङ प्रश्न: ‘वीर पुर्खा’ कविताकाे परिचय दिँदै ‘वीर पुर्खा’ कविताले नेपालको ऐतिहासिक वीरताको गौरवगान गर्दै वर्तमान पुस्तामा देशभक्ति, साझा नेपाली पहिचान र राष्ट्रिय एकताको चेतना कसरी जगाउन खोजेको छ, लेख्नुहाेस् ।

शीर्षक नं. (२) ‘वीर पुर्खा’ कवितामा प्रयुक्त शब्दहरूको स्रोत पहिचान 
ड्राइभिङ (प्रेरक) प्रश्न : शब्दस्रोतको परिचय, प्रकार र शब्दस्रोत पहिचानका आधारहरूसमेत उल्लेख गरी ‘वीर पुर्खा’ कवितामा प्रयुक्त शब्दहरूको स्रोत पहिचान गर्नुहाेस् ।

शीर्षक नं. (३) नेपाली भाषामा प्रयुक्त वर्णको पहिचान एवम् वर्गीकरण 
ड्राइभिङ (प्रेरक) प्रश्न : वर्णको परिचय र प्रकार उल्लेख गर्दै नेपाली भाषाका व्यञ्जन वर्णहरूलाई उच्चारण स्थान, प्रयत्न, घाेषत्व र प्राणत्वका आधारमा कसरी वैज्ञानिक रूपमा वर्गीकरण गर्न सकिन्छ र यसको ज्ञानले शुद्ध उच्चारण तथा लेखनमा कसरी सघाउँछ, उल्लेख गर्नुहाेस् ।

शीर्षक नं. (४) ‘गाउँको माया’ कथाको सामाजिक तथा सांस्कृतक पुनरावलोकन  
ड्राइभिङ प्रश्न: गाउँको माया’ कथाको परिचय दिँदै ‘गाउँको माया’ कथाले नेपाली समाजमा विद्यमान सहरीकरण र वैदेशिक रोजगारको मोहका बीच ग्रामीण जीवन, मौलिक संस्कृति र गाउँप्रतिको सामीप्यतालाई कसरी जीवन्त रूपमा चित्रण गरेको छ, लेख्नुहाेस् ।

शीर्षक नं. (५) ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धमा प्रयुक्त शब्दहरूको स्रोत पहिचान  
ड्राइभिङ (प्रेरक) प्रश्न : शब्दस्रोतको परिचय, प्रकार र शब्दस्रोत पहिचानका आधारहरूसमेत उल्लेख गरी ‘संस्कृतिको नयाँ यात्रा’ निबन्धमा प्रयुक्त शब्दहरूको स्रोत पहिचान गर्नुहाेस् ।


कक्षा : १२
शीर्षक नं. (१) ‘आमाको सपना कविता’मा क्रान्ति र समाज 
ड्राइभिङ (प्रेरक) प्रश्न : ‘आमाको सपना’ कविताको परिचय दिँदै ‘आमाको सपना’ कविता कुन पृष्ठभूमिमा लेखिएको हो, यसमा प्रयोग गरिएका बिम्वहरूले कसरी राणाकालीन निरङ्कुशतालाई उजागर गर्छन्, यस कविताले आजको आधुनिक समाजलाई के सन्देश दिन्छ, लेख्नुहोस् ।

शीर्षक नं. (२) ‘दमयन्तीको सङ्घर्ष र नारी चेतना’ 
ड्राइभिङ (प्रेरक) प्रश्न : ‘विरहिणी दमयन्ती’ कथाको परिचय दिँदै दमयन्तीले पतिवियोगको समयमा कस्ता कस्ता चुनौतीहरूको सामना गरिन्, ती चुनौतीहरू पन्छाउन उनले कस्तो युक्ति अपनाइन् र उनको यो सङ्घर्षबाट आधुनिक नारीले के कस्तो प्रेरणा लिन सक्छन्, लेख्नुहोस् ।

शीर्षक नं. (३) घनघस्याको यात्रा : सुदूरपश्चिमको यथार्थ र सम्भावना 
ड्राइभिङ (प्रेरक) प्रश्न : तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्ता’ नियात्राको परिचय दिँदै यस नियात्रामा तत्कालीन सुदूरपश्चिमको कस्तो भौगोलिक र सामाजिक चित्र कोरिएको छ, त्यस समयको विकटता र आजको विकासको अवस्थाबिच के कस्तो भिन्नता देखिन्छ र यस क्षेत्रको समृद्धिका लागि पर्यटन तथा पूर्वाधारको कस्तो सम्भावना छ, लेख्नुहोस् ।  

 शीर्षक नं. (४) 'विरहिणी दमयन्ती' कथामा प्रयुक्त शब्दहरूको अक्षर संरचना 
ड्राइभिङ (प्रेरक) प्रश्न : अक्षरको परिचय, प्रकार र अक्षर संरचना पहिचानका आधारहरूसमेत उल्लेख गरी विरहिणी दमयन्ती कथामा प्रयुक्त शब्दहरूको अक्षर संरचना देखाउनुहोस् ।

शीर्षक नं. (५) नेपाली व्याकरणमा पदवर्ग पहिचानका सैद्धान्तिक एवम् व्यावहारिक आधारहरूको अन्वेषण
ड्राइभिङ (प्रेरक) प्रश्न : शब्दको परिचय, कार्यका आधारमा शब्दको चिनारी, पदवर्गको वर्गीकरण, पदवर्ग पहिचानका सैद्धान्तिक एवम् व्यवहारिक आधारहरूसमेत उल्लेख गरी प्रत्येक वर्गका कम्तिमा दश दशओटा शब्दको उदाहरण प्रस्तुत गर्नुहोस् ।

शीर्षक नं. (६) टिप्पणी लेखनका प्राविधिक पक्ष र ढाँचाहरू 
ड्राइभिङ (प्रेरक) प्रश्न : टिप्पणीको परिचय, प्रकार, महत्त्व र टिप्पणी लेखनका तरिकाहरू प्रस्तुत गरी कम्तिमा ५ ओटा शीर्षकमा टिप्पणी लेख्नुहोस् ।

शीर्षक नं. (७) प्रतिवेदन लेखनका प्राविधिक पक्ष र ढाँचाहरू 
ड्राइभिङ (प्रेरक) प्रश्न : प्रतिवेदनको परिचय, प्रकार, महत्त्व र प्रतिवेदन लेखनका तरिकाहरू प्रस्तुत गरी कम्तिमा ५ ओटा शीर्षकमा प्रतिवेदन लेख्नुहोस् ।

     


परियोजना कार्यसँग सम्बद्ध शीर्षकहरू – २०८२

कक्षा : ११ र १२                   विषय : अनिवार्य नेपाली            विषय शिक्षक : एच. एन. पाण्डेय

“परियोजना कार्य (Project Work) एउटा काम हो भने Project Based Learning (PBL) ज्ञानार्जनको तरिका हो ।  PBL मा प्रयुक्त Driving Question लाई नेपाली भाषामा मार्गदर्शक प्रश्न भनिन्छ । विद्यार्थीहरूलाई अनुसन्धान एवम् समस्या समाधानमा संलग्न गराउने ध्येयले यस प्रकारका प्रश्न निर्माण गरिन्छ । यी प्रश्न अध्ययन अनुसन्धानको मूल उद्देश्यसँग सम्बन्धित हुन्छन् । PBL मा प्रश्न निर्माण गर्दा खुला प्रकृतिका Open/Unstructured Question) प्रश्न निर्माण गर्नु युक्तिसङ्गत मानिन्छ ।” – एच. एन. पाण्डेय


१. परियाेजना कार्य 

नमुना : 

...............................................................................................................


एक  चिहान उपन्यासकाे  विधापरक अध्ययन
 
माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम २०७७
अन्तर्गत 
नेपाली भाषा पाठ्यक्रममा समावेश
गरिएकाे अ‍ान्तरिक मूल्याङ्कनकाे 
प्रयाेजनका लागि प्रस्तुत 


परियाेजना कार्य
२०७९/८०



अध्येता  
नाम : माेहित पाण्डेय 
कक्षा : १२ 
क्रमाङ्क : ०९५१०१ 
समूह :  विज्ञान  




नेपाल माध्यमिक  विद्यालय 
काठमाडाैँ, नेपाल


...............................................................................................................................................



सिफरिस–पत्र

नेपाल माध्यमिक विद्यालय, विज्ञान समूहअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थी माेहित पाण्डेयले माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम, २०७७ अन्तर्गत नेपाली भाषा पाठ्यक्रममा समावेश गरिएकाे अ‍ान्तरिक मूल्याङ्कनकाे प्रयाेजनका लागि 'एक चिहान उपन्यासकाे विधापरक अध्ययन' शीर्षककाे प्रस्तुत परियाेजना कार्य मेराे निर्देशनमा तयार पार्नुभएकाे हाे । उहाँले तयार पार्नुभएकाे प्रस्तुत परियाेजना कार्य उपयुक्त देखिएकाले आवश्यक मूल्याङ्कनका लागि सिफारिस  गर्दछु । 


........................... 
एच. एन. पाण्डेय 
(परियाेजना निर्देशक)  


.................................................................................................................  

स्वीकृति–पत्र

नेपाल माध्यमिक विद्यालय, विज्ञान समूहअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थी माेहित पाण्डेयले 'एक चिहान उपन्यासकाे विधापरक अध्ययन' शीर्षकमा माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम, २०७७ अन्तर्गत नेपाली भाषा पाठ्यक्रममा समावेश गरिएकाे अ‍ान्तरिक मूल्याङ्कनकाे प्रयाेजनका लागि तयार पार्नुभएकाे परियाेजना कार्य मूल्याङ्कन गरी स्वीकृत गरिएको छ । 



                                    मूल्याङ्कन समिति :

१‍. एच. एन. पाण्डेय                                 ............................
(परियाेजना निर्देशक)                                     हस्ताक्षर 

२. माेक्षित पाण्डेय                                  ............................
(सङ्काय प्रमुख)                                            हस्ताक्षर

 ............................                          ............................
                                                                 
हस्ताक्षर
 (बाह्य परीक्षक)



...................................................................................................................................................

गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल, घाेराही, दाङकाे कक्षा ११ मा अध्ययनरत छात्र उत्सव घिमिरेले तयार पारेकाे परियाेजना कार्य - २०७९

नमुना – १














गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल, घाेराही, दाङकाे कक्षा १२ मा अध्ययनरत छात्र उत्सव घिमिरेले तयार पारेकाे परियाेजना कार्य - २०८०

नमुना - २




















२‍‍‍. परियोजना कार्यका लागि सम्भाव्य शीर्षकहरू

कक्षा : ११

कक्षा : १२

No comments:

Post a Comment