Home Assignment : श्रावण, २०८३
२. रेखाङ्कित शब्दहरूको पदवर्ग पहिचान गर्नुहोस् : ३
३. 'अामाको सपना' कवितामा कविले क्रान्ति किन र कसरी अाउने कल्पना गरेका छन् ? समीक्षात्मक उत्तर लेख्नुहोस् : ८
४. 'नारी प्रेम र सङ्घर्षका प्रतिमूर्ति हुन्' यस भनाइलाई विरहिणी दमयन्ती कथाका अाधारमा पुष्टि गर्नुहोस् : ८
५. 'बेरोजगारी समाधानका उपायहरू' शीर्षकमा टिप्पणी लेख्नुहोस् : ५
६. 'सामाजिक सञ्जालको अतिशय प्रयोग र यसका चुनौतीहरू' शीर्षकमा टिप्पणी लेख्नुहोस् : ५
७. 'भ्रष्टाचार मुक्त देश' शीर्षकमा निबन्ध लेख्नुहोस् : ८
८. 'अात्मानुशासन' शीर्षकमा निबन्ध लेख्नुहोस् : ८
कक्षा : ११ विषय : अनिवार्य नेपाली पूर्णाङ्क : ५०
१. तलको अनुच्छेदमा रेखाङ्कित वर्णहरूको घोषत्व र प्राणत्व पहिचान गर्नुहोस् : ३
सिकर्मीले केही छिन सोचेर हुन्छ भनिदिए । उनी त्यस कारखानामा अरू तीन महिना काम गर्न गए । उनलाई काम छोड्ने निर्णयपछि काममा कुनै जाँगर चलेन ।
२. तलको अनुच्छेदमा रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र प्रयत्न पहिचान गर्नुहोस् : ३
परिश्रमी मानिस कुनै पनि काम गर्दा थकाइ महसुस गर्दैन । ऊ आफ्नो उज्ज्वल भविष्यको निर्माणमा सधैं सचेत हुन्छ ।
३. तलको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् : २
प्रवेश घरबाट फुत्त निस्क्यो । ऊ विद्यालयतिर लाग्यो । ऊ कसैसँग मिल्न सक्दैन । ऊ एक्लै बस्ने, मिठो खाने र राम्रो सगाउने स्वभाव भएको व्यक्ति हो ।
४. तलको अनुच्छेदबाट दुईओटा उपसर्ग व्युत्पन्न शब्द र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् : २
परिश्रमी मानिस कुनै पनि काम गर्दा थकाइ महसुस गर्दैन । ऊ आफ्नो उज्ज्वल भविष्यको निर्माणमा सधैं सचेत हुन्छ । यस्तो मानिस ज्यादै नैतिक, विवेकी र सामाजिक हुन्छ ।
५. आफ्नो कक्षामा प्रथम हुँदा आफ्ना मनमा पैदा भएका भावहरू समेटी एक दिनको दैनिकी लेख्नुहोस् : ४
६. विषादीको प्रयोग गरेर खेती गर्ने परिपाटीको अन्त्य कसरी गर्न सकिएला १२५ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् : ४
७.‘गाउँको माया’ कथामा कस्तो समाजको चित्रण परिएको छ ? समीक्षात्मक उत्तर लेख्नुहोस् : ८
८ ‘वीर पुर्खा’ कवितामा हाम्रा वीर पुर्खाहरूको के कस्तो पौरखको वर्णन गरिएको छ ? समीक्षात्मक उत्तर लेख्नुहोस् : ८
९. ‘देशप्रतिको मेरो कर्तव्य’ शीर्षकमा निबन्ध लेख्नुहोस् : ८
१०. ‘डिजिटल बैङ्किङ कारोबारका फाइदा’ शीर्षकमा निबन्ध लेख्नुहोस् : ८
No comments:
Post a Comment