पाठ : २
यात्रा सुरु गरौँ
- प्रगतिवादी कवि दुबसु क्षेत्री
कवि परिचय
नाम : दुबसु क्षेत्री
वास्तविक नाम : दुर्गाबहादुर क्षेत्री
जन्म : वि. सं. २०२१ साउन २१ गते
जन्मस्थान : झापा
पिता : मानबहादुर सुवेदी
माता : वसुन्धरादेवी सुवेदी
शिक्षा : विद्यावारिधि
यात्रा :
(१) सहअस्तित्वको यात्रा : सबैको अस्तित्व वा पहिचानसहितको यात्रा – व्यक्ति र राष्ट्र बिचको सम्बन्धमा एकअर्काको हित वा मान मर्यादालाई ( ध्यान दिई शान्तिका साथ रही बाच्नु हो ।
(२) सहमतिको यात्रा : सबै मिलेर अगाडि बढ्ने यात्रा । राष्ट्रको शान्ति, उन्नति, समृद्धिका लागि सहमतिका साथ अघि बढ़ने भावना ।
(३) स्वावलम्बनको नयाँ यात्रा : आफ्नो काम आफै गरेर अगाडि बढ्ने काम । कसैको भर नपरी ( आत्मनिर्भर रहने आफ्नै शक्ति र सामथ्र्यले बाच्न सिक्नु ।
(४) सहिष्णुताको यात्रा : सहनशीलता÷सहने कुराको सुरुवात गर्ने यात्रा । जात, धर्म संस्कृतिमा ( विभेदलाई अस्वीकार गरी सबैप्रति सद्भाव र सहनशीलता अपनाई अघि बढ्ने नवीन सोच वा विचारको यात्रा ।
(५) उज्यालोको यात्रा : विकास र समृद्धिको यात्रा । देशको समस्या नभएको बेला विना रोकटोक नव निर्माणको महायज्ञमा लाग्ने वातावरण भएकाले त्यस्तो सहज यात्राको लागि अनुकूल वातावरण भएको अवस्था ।
(६) सहकार्यको यात्रा : सबै मिलेर काम गर्ने । विभिन्न धर्म, जातजाती, संस्कृति मान्ने मानिसहरुले मिलेर गरिने विकास निर्माण सम्बन्धी सहमतिमा गरिने कार्य ।
(७) नव निर्माणको यात्रा : नयाँ कामको थालनी गर्ने ।
(८) सहधर्मको यात्रा : सबै धर्मावलम्बीहरू मिलेर अगाडि बढ्ने यात्रा । विभिन्न धर्म धर्म बिच सद्भावको साथ अघि बढ़ने विचार ।
(९) सगरमाथाको यात्रा : विकास, उन्नति र प्रगतिको यात्रा । सानो विचारलाई त्यागी उच्च भावना र मनेबलका साथ अघि बढ्ने र ठुलो लक्ष्यमा पुग्ने यात्रा ।
भावार्थ :
पहिलाे अनुच्छेद
समयको एउटा लामो झरीपछि
बल्ल घाम उदाएको छ
बिहान भएको छ, अब हामीले हाम्रो यात्रा सुरु गर्नुपर्छ
पानी थामिएको छ, अब हामीले हाम्रो आरोहणको थालनी गर्नुपर्छ
आस्थाको टुकी बाल्नुपर्छ, अब हामीले उज्यालो छर्नुपर्छ
मौसम वसन्तको छ, अब हामीले गीत गुन्जाउनुपर्छ
फकेका छन् गुराँसहरू, अब हामीले मालाहरू उन्नुपर्छ ।
बुँदाहरू :
नेपाल लामो समयसम्म राजनीतिक, जातीय, भाषिक, लैङ्गिक, क्षेत्रीय तथा वर्गीय द्वन्द्वमा फसेको सन्दर्भलाई लामो झरी अर्थात् सङ्कटपूर्ण समय भनिएको, मुलुकमा हाल लोकतन्त्रको स्थापना हुनु,
गणतन्त्रको स्थापना हुनु, राजनीतिक स्थायित्व हुनु र संविधान जारी हुनुलाई घाम उदाएको तथा बिहान भएको रूपमा लिइएको,
सबै नेपाली समान र अधिकार सम्पन्न भएकाले समुन्नतिको यात्रा सुरु गर्ने उपयुक्त अवसर आएको,
अब हामी नेपालीले आत्मविश्वासका साथ काम गरी उज्यालो छर्नुपर्ने,
शिशिरको कठिन अवस्था पार गरी वसन्तजस्तो सुन्दर मौसम पाएकाले जागरणको गीत गाउँदै एकताबद्ध भएर फक्रेका फूलहरूलाई मालामा उन्नुपर्ने समय आएको अर्थात् शान्ति, सद्भाव र एकतालाई जोड दिनुपर्ने समय आएको ।
नेपाल लामो समयसम्म राजनीतिक, जातीय, भाषिक, लैङ्गिक, क्षेत्रीय तथा वर्गीय द्वन्द्वमा फस्यो । नेपालको इतिहासमा यो समयलाई सङ्कटपूर्ण समयका रूपमा लिइन्छ । मुलुकले हजारौं नागरिकहरू गुमायो । कयौं अङ्गभङ्ग भए । विकासका पूर्वाधारहरू तहसनहस भए । तथापि जनताको बलिदानीबाट अहिले लोकतन्त्रको स्थापना भएको छ । मुलुकले जनताको संविधान पाएको छ । यो सन्दर्भ घाम उदाएको र बिहान भएको पक्षसँग सम्बन्धित छ । यो सुखद् समयमा हामीले आरोहणको थालनी गर्नुपर्छ । सबै नेपाली समान र अधिकार सम्पन्न भएकाले समुन्नतिको यात्रा सुरु गर्ने उपयुक्त अवसर आएको छ । अब हामी नेपालीले आत्मविश्वासका साथ काम गरी उज्यालो छर्नुपर्छ । शान्ति, सद्भाव र एकतालाई सदैव जोड दिनुपर्छ । शिशिरको कठिन अवस्था पार गरी वसन्तजस्तो सुन्दर मौसम पाएकाले जागरणको गीत गाउँदै एकताबद्ध भएर फक्रेका फूलहरूलाई मालामा उन्नुपर्ने समय आएको छ ।
दाेस्राे अनुच्छेद :
बुँदाहरू :
सबै नेपालीका धार्मिक, सांस्कृतिक पर्वहरू नेपालको सम्पत्ति भएको अभिव्यक्ति सोरठी, माघीको न्वांगी, विवाह पञ्चमी, छठ, ल्होसार, गौरा आदिका नामबाट सम्बोधन गरिएको,
नेपालीका धार्मिक, सांस्कृतिक विविधताले नेपालको समावेशितालाई जीवन्त बनाएको,
मुलुकको जुनसुकै स्थानमा बसेर जस्तोसुकै धार्मिक, सांस्कृतिक परम्परा बोके पनि सबै जनता समान भएका,
नेपालीले अब स्वावलम्बनको यात्रा सुरु गर्दै बन्धुत्वको गीत गाउनुपर्ने,
आकाश छुने अग्ला हिमाललाई साक्षी राखेर धार्मिक, सांस्कृतिक, क्षेत्रीय, भाषिक र वर्गीय विभेदलाई अन्त्य गर्दै सबै नेपालीले परिवर्तनका लागि सहकार्य गर्नुपर्ने,
विगतका कमी कमजोरीलाई सच्याउँदै राष्ट्रको नवनिर्माण गर्नुपर्ने,
शान्ति, सद्भाव र सहअस्तित्वलाई जोड दिनुपर्ने ।
कवितामा सबै नेपालीका धार्मिक, सांस्कृतिक पर्वहरू नेपालको सम्पत्ति भएको अभिव्यक्ति भएको छ । गुरुङ, मगर आदि जातिले सोरठी मनाउँछन् । थारू जातिमा माघीको न्वांगी खाने परम्परा छ । हिन्दुले विवाह पञ्चमी र मधेसी समुदायले छठ मनाउँछन् । तामाङ र शेर्पाका व्होसार, सुदूरपश्चिम क्षेत्रको गौरा आदि पर्वको सांस्कृतिक सम्बोधनले समावेशिताको सुन्दर नमुना प्रस्तुत गरेको छ । यसले नेपालीका धार्मिक र सांस्कृतिक विविधताललाई जीवन्त बनाएको छ । मुलुकको जुनसुकै स्थानमा बसेर जस्तोसुकै धार्मिक, सांस्कृतिक परम्परा बोके पनि सबै जनता समान भएका छन् । सबै नेपाली एकआपसमा मिलेर बन्धुत्वको गीत गाउन आह्वान गरिएको छ । हामीले अब स्वावलम्बनको यात्रा सुरु गर्ने समय भएको छ । आकाश छुने अग्ला हिमाललाई साक्षी राखेर धार्मिक, सांस्कृतिक क्षेत्रीय, भाषिक, वर्गीय जस्ता सम्पूर्ण विभेदलाई अन्त्य गर्दै सबै नेपालीलाई परिवर्तनका लागि आपसमा सहकार्य गर्न आह्वान गरिएको छ । हामीले विगतका कमी कमजोरीलाई सच्याउँदै राष्ट्रको परिवर्तन, विकासका पूर्वाधार, समृद्धि आदि क्षेत्रमा नवनिर्माण गर्नुपर्छ । यस क्रममा हामीले शान्ति, सद्भाव र सहअस्तित्वलाई कदापि भुल्नुहुँदैन ।
तेस्राे अनुच्छेद :
बुँदाहरू :
समयको यस कालखण्डसम्म आइपुग्दा जात, धर्म, वर्ग, लिङ्ग आदिका आधारमा सबै नेपाली समान भएको कुरा बुझिसकेकाले अब हाम्रो चेतनास्तर माथि उठेको,
आस्थाका विभिन्न मतभेदहरू हटाई सहधर्म अर्थात् समानताको यात्रा सुरु गर्ने उपयुक्त समय भएको,
नेपाल राष्ट्रको एकीकरण अभियानको इतिहासलाई सम्झदै काठमाडौंबाट शिक्षा, विकास, समानता, परिवर्तन, समृद्धि आदिको नवएकता थालनी गरी अभियानलाई पूर्णता दिनुपरेको,
समयको यस कालखण्डसम्म आइपुग्दा जात, धर्म, वर्ग, लिङ्ग आदिका आधारमा सबै नेपाली समान भएको कुरा हामीले बुझिसकेका छौं । यी समानताहरू केवल नारामा मात्र सीमित छैनन् । समानतालाई व्यावहारिक रूपमा प्रयोग गर्न संविधान र ऐन कानुनहरू बनिसकेका छन् । अब हामी नेपालीको चेतनास्तर माथि उठेको छ । हरेक नेपालीसँग आस्थाका विभिन्न विचार हुन सक्छन् । तर यी फरक विचारलाई समेट्दै सहधर्म अर्थात् समानताको यात्रा सुरु गर्ने उपयुक्त समय भइसकेको छ । नेपाल राष्ट्रको एकीकरण अभियानको इतिहासलाई सम्झदै काठमाडौंबाट शिक्षा, विकास, समानता, परिवर्तन, समृद्धि आदिको नवएकता थालनी गर्न आह्वान गरिएको छ ।
चाैथाे अनुच्छेद :
बुँदाहरू :
हामी नेपालीले अशिक्षा, विभेद, शोषण र निरङ्कुश शासन जस्ता निस्पट्ट अन्धकारलाई पार गरी लोकतन्त्रको उज्यालो बिहानी ल्याएका,
नयाँ जोसजाँगरका साथ परिवर्तनशील समयअनुसारको नयाँ जीवन सुरु गरी समृद्ध नेपाल सुखी नेपाली अभियानमा लाग्नुपरेको,
शान्ति र समृद्धिका सुन्दर सपनाहरूलाई राष्ट्रको नवनिर्माणमा कियाशील बनाउनुपर्ने,
हामी नेपालीले अशिक्षा, विभेद, शोषण र निरङ्कुश शासन जस्ता निस्पट्ट अन्धकारलाई पार गरेका छौं । हजारौं नेपालीको बलिदानीबाट मुलुकमा लोकतन्त्रको उज्यालो बिहानी ल्याएका छौं । नेपाली नेपालीमा कुनै पनि किसिमको विभेद हुन सक्दैन । सबैले समान अवसर पाएका छौं । बदलिँदो परिवेशमा नयाँ जोसजाँगरका साथ परिवर्तनशील समयअनुसारको नयाँ जीवन सुरु गर्न आग्रह गरिएको छ । समृद्ध नेपाल सुखी नेपाली अभियानमा सबै नेपाली सक्रिय हुनुपर्ने बेला भएको छ । शान्ति र समृद्धिका सुन्दर सपनाहरूलाई राष्ट्रको नवनिर्माणमा कियाशील बनाउनुपर्छ ।
सप्रसङ्ग व्याख्या
राष्ट्र नवनिर्माणको यात्रा सुरु गरौं त्यहीँबाट
जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरू सजाएका थियौँ ।
उत्तर :
राष्ट्र नवनिर्माणको ...............................................................................
................................................................................ सजाएका थियौं ।
सप्रसङ्ग व्याख्या गर्नका लागि दिइएको प्रस्तुत कवितांश कक्षा ९ काे नेपाली पाठ्यपुस्तकअन्तर्गत पाठ २ मा समावेश गरिएकाे 'यात्रा सुरु गराैँ' कविताबाट साभार गरिएकाे हाे । यस कविताका रचनाकार कवि दुबसु क्षेत्री (वि.सं. २०२१) हुन् । कवितामा समावेश गरिएकाे प्रस्तुत गद्यांशले अब नेपालीहरू शिक्षा, विकास, परिवर्तन र समृद्धिको नवनिर्माणमा लाग्ने समय भएको सन्दर्भलाई सङ्केत गरेको छ । मुलुक लोकतन्त्रको नयाँ परिवेशमा प्रवेश गरेकाले सोहीअनुसार हामी नेपालीले शान्ति र समृद्धिका योजना बनाएर राष्ट्र नवनिर्माणको यात्रामा लाग्नुपर्ने बेला भएको छ भन्ने प्रसङ्ग यस कवितांशको मुख्य भाव हो ।
समयको लामो काल खण्डसम्म हामी नेपालीले अशिक्षा, विभेद, शोषण, गरिबी र निरङ्कुश शासन व्यवस्थालाई स्वीकार गर्न बाध्य हुनुपन्यो । उक्त समय नागरिकका चेतनास्तरको दृष्टिले अन्धकारयुक्त समय थियो । हजारौं सहिदहरूको बलिदानी र योद्धाहरूको सङ्घर्षबाट मुलुकमा लोकतन्त्रको उज्यालो बिहानी आएको छ । हामी नेपालीहरूको चेतनास्तर माथि उठेको छ । विकास, समानता र समृद्धि नै राष्ट्र नवनिर्माणको आधार हो । सबै नेपाली नवनिर्माणको आधारमा आआफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ । मुलुकले राजनीतिक स्थायित्व पाएको छ । जनताले आफ्नो संविधान पाएका छन् । अब सबै जनता समान र अधिकार सम्पन्न भएका छन् । विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति र परम्परामा नेपालको समावेशिता सुन्दर भएको छ । यो सुखद् परिवर्तनशील समयमा सारा नेपाली मालामा गाँसिएका फूलझैँ एकताको डोरीमा बाँधिनुपर्छ । नयाँ जोसजाँगरका साथ समृद्ध नेपाल सुख नेपाली अभियानमा लाग्न नयाँ जीवन सुरु गर्नुपर्छ । शान्ति र समृद्धिका सुन्दर सपनाहरूलाई राष्ट्रको नवनिर्माणमा उपयोग गर्नुपर्छ भन्ने अभिव्यक्ति माथिको गद्यांशको आशय हो ।
अत: देशमा शान्ति र सुव्यवस्था कायम गरी समृद्ध राष्ट्र निर्माण गर्ने सपना पूरा गर्नका लागिअनुकूल समय भएकाले सबैलाई हातेमालाे गरी अगाडि बढ्न अह्वान गर्दै निकै सरल भाषा, गद्य शैलीमा रचना गरिएकाे कवितामा प्रस्तुत कवितांशले हरेक नेपालीले शान्ति र सम्रिद्धिलाई भुल्न नहुने सन्देश दिएकाे छ ।
No comments:
Post a Comment