कक्षा : १२

 पाठ एक

आमाको सपना

– गोपालप्रसाद रिमाल 


कवि परिचय :


नाम : गोपालप्रसाद रिमाल

जन्म : वि. सं. १९७५ साल जेठ १८ गते काठमाडौँ

शिक्षा : वि. सं. १९९१ सालको प्रवेशिका परीक्षामा बोर्ड प्रथम,  आई.ए. सम्म औपचारिक अध्ययन 

स्वभाव : निर्भिक, स्वाभिमानी र विद्रोही

आमाको सपना कृतिका लागि २०१९ सालमा मदन पुरस्कार पाएका थिए ।

विशेषता : आधुनिक नेपाली कविताको दोस्रो मोड स्वच्छन्दतावादी प्रगतिवादी धाराका सशक्त कवि ।

वि. सं. १९९७ मा शुक्रराज शात्री, गङ्गालाल श्रेष्ठ, दशरथचन्द्र र धर्मभक्त माथेमालाई फाँसी दिइएको घटनाबाट उनमा विद्रोही चेत मौलाएको ।

राणा विरोधी रचनाका कारण वि. सं. २००३ र २००७ सालमा जेल परेका । 

मृत्यु : वि. सं. २०३० कार्तिक ८ काठमाडौँ 


भावार्थ


आमाको सपना कविताकाे भावार्थ 

  • क्रान्तिको विगुल फुक्ने कविता हो । 
  • १०४ वर्षसम्म चलेको एकतन्त्री निरङ्कुश जहानीयाँ राणा शासनले थिलोथिलो पारेकाले निकै अताल्लिएकी नेपाल आमाले यसको अन्त्य हुनुपर्ने चाहाना व्यक्त गरेको कुरा कविले कवितामा बडो रचनात्मक ढङ्गले प्रस्तुत गरेका छन् । 
  • राणा शासनको अन्त्य एवम् प्रजातान्त्रिक समुन्नत समाजको आशा गरी रचना गरिएको प्रस्तुत कवितामा पूर्णतः राणा शासनको विरोध गरिएको हुनाले यस कवितालाई राणा शासन विरुद्धको कलम क्रान्तिका रूपमा लिइन्छ ।  
  • छोरा जन्मेर त्यसले देशको असमानताको अन्त्य गर्ला भन्ने आशा राखेकी नेपाल आमाले हरेक सन्तानको जन्म पश्चात् ऊ क्रन्ति पुरुष हो कि भनेर सन्तानको मुख हेरेको सन्दर्भ कवितामा पाइन्छ । 
  • जन्मिएका छोराहरू क्रन्ति पुत्र हुन नसके पनि एक दिन अवश्य क्रान्ति पुत्र जन्मने र परिवर्तन गरेरै छाड्ने आशावादी विचार राख्दै भावी सन्ततिबाट क्रान्ति सम्भव हुने र त्यसबाट आफूले मुक्ति पाउने आमाको सपना रहेको कुरा कवितामा उल्लेख छ । 
  • आमा र छोराको संवादात्मक शैलीमा रचना गरिएको प्रस्तुत कवितामा क्रन्तिप्रति पूर्ण विश्वास राख्ने आमाले नेपाल आमालाई र छोराले तमाम नेपालीलाई र त्यो सर्वनामले क्रन्तिलाई सङ्केत गरेको छ । 
  • बिहानको सूर्यझैँ उज्याला किरण छर्दै आउने क्रान्तिले कम्मरमा झुन्ड्याएको नेपाली वीरताको प्रतीक शीतझैँ टल्कने खुकुरीको माध्यमबाट अधर्म, अन्याय अत्याचारको अन्त्य गर्ने घोषणा आमाले गरेकी छन् ।
  • परिवर्तन हिउँ र आगोभन्दा बढ़ता छोइने अर्थात् प्रत्यक्ष अनुभव गर्न र उपभोग गर्न सकिने गरी प्रभावकारी रूपमा आउने कुरा आमाले उद्घोष गरेकी छन् ।
  • क्रान्तिले हरेक पुत्रमा चेतनाको बीज रोपिदिने र क्रान्तिको प्रभावलाई सहन, महत्त्वलाई बुझ्न र परिणामलाई ग्रहण गर्न सक्ने क्षमताको विकास हुने भन्दै आमाले छोरालाई परिवर्तनको पक्षमा लाग्न हौसला दिएकी छन् ।
  • क्रान्तिको कारण हरेक छोराहरू निडर, आत्मविश्वासी र स्वावलम्बी बन्न सक्ने साथै आफ्नो अस्तित्वको पहिचान र संरक्षण गर्न सक्ने आशावादी भाव आमामार्फत व्यक्त भएको
  • राणा शासन विरुद्धको क्रान्ति हुरीझैँ तीव्र गतिमा आउने र हरेक नेपाली सपूतहरूले त्यसलाई पात भएर पछ्याउने कुरा कवितामा गरिएको छ ।
  • कविताले जनक्रान्तिलाई जून र अत्याचारलाई जडताको संज्ञा दिँदै राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिको स्पष्ट सङ्केत गरेको छ ।
  • प्रत्येक पुत्रको जन्मसँगै उसको अनुहारमा परिवर्तनको संवाहक बन्ने सपना देखे पनि तत्कालीन समयसम्म त्यो सपना साकार भई नसकेको र निकट भविष्यमा राजनीतिक जडता विरुद्ध जन्मने क्रान्तिको पक्षमा सारा देशवासीहरू उर्लिएपछि आमाको सपना साकार हुने भविष्यवाणी कवितामा गरिएको छ ।
  • कवितामा परिवर्तनका लागि हरेक नेपाली सन्तानहरू स्वतःस्फुर्त रूपमा सङ्ग्राममा आँटिला भएर जुट्ने कुरामा आमा विश्वस्त देखिन्छिन् भने चराहरूको चिर्विरले सजिएको बिहानीझैँ प्रजातन्त्र र स्वतन्त्रता उज्यालो छर्दै आउने र आफू त्यसको व्यग्र प्रतीक्षामा रहेको कुरा छोराले गरेका छन् ।

     




No comments:

Post a Comment