Tuesday, June 29, 2021

शिक्षण र गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रशासनको भूमिका

Hukuma Nand Pandeya
- हुकुमानन्द पाण्डेय

 शिक्षण : 

शिक्षण भनेको कुनै पनि विषय सिक्ने सिकाउने काम हो । यो एक कला र विज्ञानको संयोजन हो । शिक्षण कार्य ज्ञान मात्रले पूरा हुन सक्दैन । यसका लागि कलाको पनि उत्तिकै खाँचो पर्दछ । समग्रमा सकारात्मक व्यवहार परिवर्तन गर्नका लागि कुनै पनि विषय सिक्ने सिकाउने कार्य नै शिक्षण हो । 


गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रशासनको भूमिका :

विद्यार्थीहरूले पढ्ने र शिक्षकले पढाउने पाठशाला नै विद्यालय हो । जहाँ पाठ्यक्रमले तोकेका उद्देश्यहरू पूरा गर्नको लागि विद्यार्थीहरूलाई विभिन्न क्रियाकलाप गराउने गरिन्छ । विद्यालयलाई कसरी अगाडि बढाउने, शैक्षिक गुणस्तर कसरी बृद्धि गर्ने तथा समग्र शैक्षिक कार्यक्रम सफल/असफल बनाउने सम्पूर्ण जिम्मेवारी विद्यालय प्रशासनको हातमा हुन्छ । 

एउटा विद्यालयमा गुणस्तरीय शिक्षाको लागि विद्यालय प्रशासनको भूमिकालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

समग्र लगानी, प्रक्रिया, उत्पादन र पृष्ठपोषण जस्ता कुरामा ध्यान दिनुपर्ने 

योेग्य, दक्ष एवम् तालिमप्राप्त शिक्षकको व्यवस्था गर्नुपर्ने

स्थायी रूपमा शिक्षकको व्यवस्था गर्नुपर्ने

नियमित रूपमा तलबको व्यवस्था गर्नुपर्ने 

विद्यार्थीको मात्र नभई शिक्षकको पनि मनोविज्ञान बुझ्नुपर्ने

उत्पादन/नतिजाका आधारमा सेवा सुविधामा बृद्धि गर्नुपर्ने

समय समयमा विषयगत तालिमको व्यवस्था गर्नुपर्ने 

शिक्षकहरूलाई प्रविधिमैत्री तालिमको व्यवस्था गर्नुपर्ने 

समय सापेक्ष शिक्षण विधिमा परिवर्तन गर्नुपर्ने

विद्यार्थीमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने

निर्माणात्मक एवम् निदानात्मक मूल्याङ्कलनलाई निरन्तरता दिनुपर्ने 

पर्याप्त मात्रामा शैक्षिक सामग्रीको प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने 

परियोजना कार्य एवम् कक्षा प्रस्तुतीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने ।


No comments:

Post a Comment