![]() |
– हुकुमानन्द पाण्डेय |
– हुकुमानन्द पाण्डेय
भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषा शिक्षण भाषाको शिक्षणभन्दा पनि भाषिक सिप सिकाउने शिक्षण हो । भाषा शिक्षणमा भाषाका चार ओटा सिप (सुनाइ, बोलाइ, पढाइ र लेखाइ) सिकाउने उद्देश्य राखी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने गरिन्छ । जसका लागि विभिन्न विधाका विषयवस्तुलाई तथा विभिन्न विधि एवम् प्रविधिलाई प्रयोगमा ल्याउन सकिन्छ ।
शिक्षण एक कला र विज्ञानको संयोजन हो । शिक्षणका लागि सम्बन्धित विषय क्षेत्रको ज्ञान, शिक्षण कला एवम् शिक्षणका विविध विधिको निकै महत्त्वपूर्ण भूमिका रहन्छ । भाषा शिक्षणका क्रममा विद्यार्थीहरूको भाषिक सीप विकासका लागि विविध विधिहरू अपनाएर भाषा शिक्षण गर्न सकिन्छ । भाषा शिक्षण गर्न उपयोगमा ल्याउन सकिने विविध शिक्षण विधिहरू मध्ये मोबाइल शिक्षण विधि एक हो ।
मोबाइल एक इलेक्ट्रोनिक उपकरण हो । यस उपकरणमा इन्टरनेट जडान गरेर वा मोबाइलमा प्रयोग गरिने सिमबाट डाटा प्याक तानेर इन्टरनेट चलाई विभिन्न सामग्री खोज्न, पठाउन र प्राप्त गर्न सकिन्छ । आकारका हिसाबले सानो हुने भएकाले यो उपकरण विद्यार्थीहरूले आफूसँग सँगै राख्न सक्ने र आवश्यक परेको बेलामा तुरुन्तै प्रयोग गर्न सक्छन् । यसमा रहेको ब्याट्रीलाई चार्ज गरेर प्रयोग गर्न सकिने भएकाले यसलाई निरन्तररूपमा विद्युत् आपूर्ति सेवा पनि चाहिँदैन । यसका यी विविध विशेषता हेर्दा भौगोलिक विकटताका कारण विद्युत् आपूर्ति सेवा नभएको र वर्ड लिङ्क, एडिएसएल, सुबिसु जस्ता इन्टरनेटको सुविधा उपलब्ध नभएको ठाउँमा समेत फोन गर्ने सिम कार्डबाट डाटा प्याकको प्रयोग गरी इन्टरनेट चलाउन सकिने र फोनबाट नै विविध सूचना एवम् जानकारीहरू आदान प्रदान गर्न सकिने भएकाले भाषा शिक्षणमा यो निकै लाभदायक हुने देखिन्छ ।
भाषा शिक्षणमा विद्यार्थीहरूलाई भाषिक सिप सिकाउनका लागि मोबाइल शिक्षण विधि अपनाउन सकिन्छ । भाषा शिक्षणमा मोबाइल शिक्षण विधि भनेको मोबाइलको प्रयोग गरी भाषिक सीप सिकाउने शिक्षण विधि भन्ने बुझिन्छ । यो विधि भाषा शिक्षणमा निकै उपयोगी देखिन्छ । यसले सिकारूलाई इन्टरनेटबाट सूचना प्राप्त गरेर सिक्नका लागि सहयोग गर्छ । मोबाइलको प्रयोग गरेर जुनसुकै बेला जहाँबाट पनि ज्ञानार्जन गर्न सकिन्छ । मोबाइल फोनमा थुप्रै एप्लिकेसनहरू हुन्छन् जुन सामाजिक सञ्चारमा निकै प्रयोग गरिन्छ । बदलिदो परिवेशसँगै पछिल्लो समयमा निकै प्रयोगमा आएको मोबाइल फोन यस्तो सामग्री हो जसले भाषा शिक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सन् १९८० र ९० को दशकदेखि प्रयोगमा आएको मोबाइल फोनको सहायताले भोकाबुलरी (शब्दावली) सीप बढाउन, ग्रुप मेल गर्न, रेकर्ड सेभ गर्न लगायतका थुप्रै कार्यमा सहयोग पु¥याउँछ ।
भाषा शिक्षणमा मोबाइल फोनको प्रयोग क्षेत्र
विद्यालयका विभिन्न सूचनाहरू प्रदान गर्न
विद्यार्थीलाई अडियो भिडियो क्लिप पठाउन
विद्यार्थीहरूलाई विभिन्न शैक्षिक सामग्री पठाउन,
विद्यार्थीहरूलाई अडियो भिडियो फाइलहरू गृहकार्यका रूपमा समावेश गर्न
विद्यार्थीहरूलाई समूह कार्य गराउन,
च्याट र अनलाइन डिस्कर्सन फोरमका रूपमा प्रयोगमा ल्याउन
कक्षाकोठा बाहिर पनि विद्यार्थी शिक्षक सम्बन्ध कायम राख्न,
पाठ्यक्रमले तोकेभन्दा थप सामग्री अध्ययन गर्न आदि ।
मोबाइल प्रयोगकर्ताहरू हाल विश्वमा ५.१६ बिलियन छन् । मोबाइल फोनमा थुप्रै एप्लिकेसनहरू प्रयोग भएका हुन्छन् । मोबाइल एप्लिकेसन मोबाइलका लागि बनाएको सफ्टवेयर हो । हाल शिक्षणसिकाइमा मोबाइल प्रयोगको अवस्था बढ्दो क्रममा छ । २१औँ शताब्दीका विद्यार्थीहरूले यसको प्रयोगबिना आफ्नो भविष्य बनाउन नसक्ने देखिन्छ ।
क) भाषाशिक्षणमा फेसबुकको प्रयोग
फेसबुक एउटा यस्तो सामाजिक सञ्जाल हो, जसले मानिसहरूलाई एकअर्कासँग जोड्ने काम गर्दछ । यो सामाजिक सञ्चारको वेभ एप्लिकेसन हो । यो करोडौँ विद्यार्थीहरूको साथीसँगको सञ्चार तथा खेलको साधन बनेको छ । यसको प्रयोग सन् २००४ देखि हुन थालेको मानिन्छ । यसको सहायताले विभिन्न पेज निर्माण गरी भाषा शिक्षणका क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । हाल स्कुल, कलेज र विश्विद्यालयले पनि भाषा शिक्षणमा यसको प्रयोग गर्न थालेका छन् । २१ औँ शताब्दीको शिक्षणसिकाइको मुख्य साधनका रूपमा देखिएको फेसबुकलाई भाषाशिक्षण सिकाइमा निम्नानुसार प्रयोग गर्न सकिन्छ ः
फेसबुकमा ग्रुप निर्माण गरी शिक्षणका लागि पाठ्यसामग्री उपलब्ध गराउन,
भाषासिकाइमा दिएका गृहकार्य र दोहा¥याउनु पर्ने सामग्रीका लागि प्लेटफर्मको रूपमा प्रयोग गर्न,
समसामयिक ज्वलन्त भाषाशिक्षणसम्बन्धी मुद्दाहरूलाई सामाजिक विषयवस्तु बनाउन,
फेसबुकमा कवितावाचन लेखन तथा कथावाचन लेखन सम्बन्धी सामग्री सेयर गरेर विद्यार्थीको भाषिक सिप विकास गराउन,
भाषापाठ्यसामग्रीसम्बन्धी विचार, अडियो, भिडियो तथा स्रोतसामग्री पोस्ट गर्न, सेयर गर्न,
शिक्षक तथा विद्यार्थीको समूह निर्माण गरी सिकाइ सहज बनाउन,
भाषाशिक्षणमा बोलाइ सिपको अभ्यास गराउन वा विचार विनिमय गर्ने सिप विकास गर्न,
कक्षामा सञ्चार गर्न, सूचना सेयर गर्न, भाषिक कठिनाइ भएका प्रश्नहरू सोधी विद्यार्थीहरूको भाषिक सिप विकास गर्न आदि ।
उपर्युक्त विभिन्न आधारमा भाषाशिक्षणमा फेसबुकको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
ख) भाषाशिक्षणमा म्यासिन्जरको प्रयोग
भाषा शिक्षणमा म्यासिन्जरको प्रयोग गर्न सकिन्छ । विद्यार्थीहरू टाढाटाढा हुँदा र शिक्षक विद्यार्थीसँग सीमित डाटा हुँदा यसको प्रयोग गर्न सकिन्छ । मोबाइल फोन सधँै आफैसँग हुनेहुनाले म्यासेज छिटो प्राप्त हुन्छ र भाषिक पाठ्यसामग्रीप्रति तुरुन्त ध्यान केन्द्रित हुन्छ । यसप्रकार भाषा शिक्षणका लागि यसको निकै उपयोगिता रहेको छ । भाषाशिक्षणमा यसलाई निम्नानुसार प्रयोग गर्न सकिन्छः
म्यासेन्जर ग्रुप बनाई शिक्षण गर्न,
छोटो भिडियो वा टेक्स्ट म्यासेज पठाएर विद्यार्थीलाई कक्षाका बारेमा जानकारी गराउन,
विद्यार्थीहरूको भोक्याबुलरी (शब्दावली) बढाउन
विभिन्न शब्द, चित्र, वस्तुहरू सेयर गरेर वर्णन गर्न लगाउन,
छोटा छोटा कविता, अनुच्छेद, फाइल र प्रश्नहरू पठाएर उत्तर लेख्न लगाई पठन तथा लेखन सिपको विकास गराउन,
पाठ्यक्रममा आधारित रही विभिन्न क्रियाकलापहरू गराई भाषिक सिप विकास गराउन,
भाषिक सिप विकासका लागि आवश्यक अडियो, भिडियो तथा टेक्स्ट सामग्री म्यासेज गर्न,
विद्यार्थीहरूलाई विभिन्न भाषिक सामग्रीका लिङ्कहरू पठाउन,
विद्यार्थीहरूको आफ्नो वातावरणसँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण गरेर भाषिक सिप विकास गर्न,
विद्यार्थीहरूलाई विभिन्न कार्यहरू दिने र उनीहरूबाट प्राप्त उत्तरहरू पढेर पृष्ठपोषण (फिडब्याक) दिन,
जुन भाषा विद्यार्थीलाई सिकाउने हो त्यही भाषामा पाठ्यसामग्रीहरू तयार पारेर विद्यार्थीमा भाषिक सिप विकास गर्न ।
उपर्युक्त विभिन्न आधारमा भाषाशिक्षणमा म्यासेन्जरको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
ग) भाषाशिक्षणमा युट्युबको प्रयोग
युट्युब विश्वभर अरबौँ मानिसहरूको मनोरञ्जनको साधन मात्र नभएर शैक्षिक भिडियोका माध्यमबाट सिकाइको स्रोत पनि बनेको छ । शिक्षकले भिडियो पाठहरू निर्माण गर्ने र टाढा टाढाका विद्यार्थीहरूलाई सेयर गरेर शिक्षण गर्न सकिन्छ । यसका माध्यमबाट ग्लोबल कनेक्सन हुन्छ । एक शिक्षक बहुकक्षा शिक्षकका रूपमा युट्युब रहेको छ । भाषा शिक्षण सिकाइमा युट्युबको प्रयोग निम्नानुसार गर्न सकिन्छ ः
युट्युबमार्फत कक्षामा विषयवस्तुको शीर्षकसम्बद्ध भिडियो क्लिपहरू प्रदर्शन गरेर कक्षामा ध्यानाकर्षण गराउन,
विद्यार्थीलाई भाषा सिकाइमा उत्प्रेरणा जगाउने भिडियोहरू प्रदर्शन गरी उनीहरूको भाषिक सिप विकास गर्न,
युट्युब भिडियो मार्फत भाषासम्बन्धी नयाँ र रोचक छलफल चलाउन,
विद्यार्थीले गरेका कामको रेकर्ड राख्न,
भाषासम्बन्धी उच्च स्तरका गुणस्तरीय सामग्री निःशुल्क पहुँच बनाउन,
शिक्षक अनुपस्थित हुँदा पनि पठनपाठन गर्न,
कमजोर विद्यार्थीका लागि पुनः पुनः भिडियो हेरेर सहयोग लिन,
युट्युब च्यानलको निर्माण गरी शैक्षिक भिडियोहरू प्रविष्ट गर्न,
युट्युबमार्फत् भिडियोमा वाचन गरिएका कविताहरू सुनाएर लयबोध शिक्षण गर्न,
शैक्षिक भिडियोमार्फत सुनाइ बोलाइ सीपकी विकास गराउन,
कथावाचनका भिडियोहरू सुनाएर सस्वरवाचन सिकाउन,
वक्तृत्ताका भिडियोहरू प्रदर्शन गरेर वक्तृत्वकलाको विकास गराउन,
संवाद, नाटक र एकाङ्कीजस्ता रुपक विधा शिक्षण गर्दा अभिनय गर्न सिकाउन भिडियो प्रदर्शन गरेर अभ्यास गराउन,
विविध क्षमताका विद्यार्थीहरूमध्ये हेरेर सिक्ने क्षमता भएका विद्यार्थीलाई भिडियो देखाएर सिकाउन,
शब्द निर्माण, वाक्य निर्माण तथा प्रकृति प्रत्यय तथा वाक्य परिवर्तनका चरणहरू भिडियोमार्फत देखाउन,
चिठी लेखन, विज्ञापन लेखनका नमुनामार्फत् चरणहरू देखाउन,
कथा लेखनमा टुक्रे कथाबाट सिङ्गो कथा निर्माण गरेको भिडियो देखाएर कथा लेखन सिप विकास गराउन आदि ।
उपर्युक्त विभिन्न आधारमा भाषाशिक्षणमा युट्युबको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
घ) भाषाशिक्षणमा भाइबरको प्रयोग
भाषा शिक्षणमा मोबाइल शिक्षण विधिभित्र पर्ने एक महत्त्वपूर्ण सफ्टवयर भाइबर हो । भाइबरको प्रयोग सामाजिक अन्तक्र्रियाका लागि मात्र नभएर भोक्याबुलरी (शब्दावली) सिप विकासका लागि पनि हुने गर्दछ । भाइबर सामाजिक अन्तक्र्रियाको एक साधन हो । यसको प्रयोगले भाषा सिकाइ अझ प्रभावकारी हुन जान्छ । भाषा शिक्षणमा भाइबरको प्रयोगलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
भोक्याबुलरी सिप विकास गर्न भाइबर ग्रुपमा नयाँनयाँ शब्दशरूको अर्थ च्याटमा सोधेर भाषिक सीप विकास गर्न सकिने,
भाइबरमा भाषिक सामग्रीका रूपमा इमेज, सूचनाहरू र लामालामा म्यासेजहरू विद्यार्थीलाई पठाउन सकिने,
भाइबरमा भाषिक सवालहरूका बारेमा शिक्षक विद्यार्थी बीच अन्तक्र्रिया गर्न सकिने,
शिक्षकले सिकारूको सिकाइ सक्षमता जाँच गर्न र स्तर उन्नति गर्न भाइबरबाट म्यासेज गरी विद्यार्थीका कमजोरी सच्याउन सकिने,
विद्यार्थीले पठाएका म्यासेजका आधारमा उनीहरूको भाषिक क्षमता केकस्तो छ पत्ता लगाई त्यसका आधारमा कक्षा कार्यकलाप अगाडि बढाउन मद्दत पुग्ने,
भाइबरबाट भाषिक सीप विकासका लागि व्यक्तिगत तथा सामूहिक च्याट गर्ने, अडियो भिडियो रेकर्डिङ तथा सेयर गर्न सकिने ।
यी विविध कुराहरूलाई हेर्दा भाषाशिक्षणमा भाइबरको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
ङ) भाषाशिक्षणमा विकिपिडियाको प्रयोग
विकिपिडिया जोसुकैले पनि सम्पादन गर्न सक्ने अनलाइन इन्साइक्लोपिडिया हो । सन् २००१ देखि यो प्रयोगमा आएको देखिन्छ । इन्टरनेटको पहुँचमा हुने जोसुकैले यसमा लेख्न, सम्पादन गर्न, र परिवर्तन गर्न सक्छ । विकिपिडिया निःशुल्क सामग्री हो । यो सबैको स्वतन्त्ररूपले विचार व्यक्त गर्ने ठाउँ हो । विकिपिडियामा राखेको विषयवस्तुमा चित्त नबुझे यसलाई सम्पादन परिमार्जन गर्न सकिन्छ । भाषाशिक्षणमा विकिपिडियालाई निम्नानुसार प्रयोग गर्न सकिन्छः
विकिपिडिया जुनसुकै समयमा जहाँ बसेर पनि निःशुल्क प्राप्त गर्न सकिने भएकाले भाषासिकाइमा उपयोगी,
विकिपिडियामा भाषिक सिप विकासका थुप्रै स्रोत सामग्री भेटिने हुँदा भाषाशिक्षणमा उपयोगी,
यसले भाषामा प्रयोग हुने शब्दको अर्थ र प्रयोगसम्बन्धी सूचना प्रदान गर्ने र त्यो तुरुन्तै पाउन सकिने भएकाले विद्यार्थीको भाषिक सीप विकास गराउन सकिने,
यो सिकारूले सजिलै प्राप्त गर्न सक्ने अनलाइन लाइब्रेरी भएकाले शैक्षिक तथ्याङ्कहरू स्टोर गर्न,
यसको प्रयोगले भाषा सिकाइलाई रोचक र प्रभावकारी बनाउन,
शिक्षकले विकि क्लासरूम सिर्जना गरेर भाषाशिक्षणसम्बन्धी सामग्रीहरू डकुमेन्ट्स, मिडिया र पिडिएफ फाइलहरू विकि क्लासरूममा राखेर विद्यार्थीलाई भाषा सिक्न सहज बनाउन,
शिक्षक विद्यार्थीका भाषापाठ्यवस्तु सम्बन्धी आफ्ना प्रस्तुतीकरणहरू विकि क्लासरूममा आदानप्रदान गर्न,
विद्यार्थीले पाठ पढी सकेपछि त्यसको सारांश लेख्न लगाई त्यसको परीक्षण गरी दिएका पृष्ठपोषण प्रदान गर्न,
उपर्युक्त विभिन्न आधारमा भाषाशिक्षणमा फेसबुकको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
च) भाषाशिक्षणमा गुगल शब्दकोशको प्रयोग
गुगल सेवामा प्राप्त गर्न सकिने गुगल शब्दकोश अनलाइन शब्दकोश हो । जसमा शब्दको परिभाषा र समानार्थी शब्दलगायत अन्य सुविधा पाउन सकिन्छ । यसमा अडियो, गुगल अनुवाद, शब्दको उत्पत्ति तालिका शब्दखेलहरू पनि समावेश हुन्छन् । विशेष गरी शब्दकोशमा शब्दको हिज्जे, उच्चारण, व्याकरण, शब्द परिवार, फ्रेज, उखानटुक्का, समूहवाचक नाम आदि कुराहरू पाइन्छन् । भाषाशिक्षणमा गुगल शब्दकोशको प्रयोग निम्नानुसार गर्न सकिन्छः
शब्दको अर्थ हेर्न र सुन्न
शब्दलाई आफ्नो भाषामा अनुवाद गर्न,
शब्दको हिज्जे चेक गर्न,
शब्दसम्बन्धी व्याकरणिक कुराहरू जान्न,
शब्दका पर्यायवाची र विपरीतार्थी शब्दहरु पत्ता लगाउन,
शब्दको शब्दवर्ग पहिचान गर्न,
शब्दको उच्चारण पत्ता लगाउन,
शब्दको प्रयोग अवस्था हेर्न,
उपर्युक्त विभिन्न आधारमा भाषाशिक्षणमा फेसबुकको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
छ) भाषाशिक्षणमा गुगल अनुवादको प्रयोग
गुगल अनुवाद निःशुल्क अनलाइन अनुवाद सामग्री हो । गुगल अनुवादमा अनुवाद, गुगल सर्च, अनुवादक साधन र स्रोतजस्ता कुराहरू हुन्छन् । गुगल अनुवादमा कुनै टेक्स्ट अर्थात् युआरएल प्रविष्ट गराइसकेपछि अनुवाद गर्न भनियो भने लक्षित भाषामा सामग्री अनुवाद हुन्छ । भाषा शिक्षणमा गुगल अनुवादको प्रयोग यसप्रकार गरिन्छ ः
विद्यार्थीहरूलाई कुनै पाठ लेखेर त्यसलाई अनुवाद गर्न लगाउने र त्यसपछि त्यही सामग्रीलाई गुगल अनुवादबाट अनुवाद गरेर केकस्ता व्याकरणिक त्रुटिहरू भए पत्ता लगाउन,
विद्यार्थीलाई आफ्नो मातृभाषामा कुनै पाठ तयार पारेर त्यसलाई गुगल अनुवादमा राखी लक्ष्य भाषामा अनुवाद गर्न,
अन्य भाषामा उपलब्ध भाषिक सामग्रीलाई विद्यार्थीहरूले आफ्नो मातृभाषामा अनुवाद गरी पढ्न,
अन्य भाषाका व्याकरणिक व्यवस्था र आफ्नो मातृभाषाको व्याकरणिक व्यवस्था पत्ता लगाउन,
भाषा सिकाइसम्बन्धी प्रतिपादन भएका नयाँनयाँ शिक्षण पद्धतिहरू आफ्नो भाषामा अनुवाद गरी सामान्यीकरण गर्न ।
अन्य भाषाका स्रोत सामग्रीहरू अध्ययन गर्दा बुझ्न कठिन भएमा आफ्नो मातृभाषामा अनुवाद गरी अध्ययन गर्न,
अन्य भाषामा लेखिएका कथा, कविता, नाटक, उपन्यास, निबन्धजस्ता साहित्यिक विधाका पाठहरू र लेख रचना जस्ता साहित्येतर विधाका पाठहरू आफ्नो भाषामा अनुवाद गरी अध्ययन गर्न ।
उपर्युक्त विभिन्न आधारमा भाषाशिक्षणमा फेसबुकको प्रयोगको आवश्यकता र उपयोगिता प्रष्ट हुन्छ ।
समग्रमा भन्नु पार्द मोबाइल शिक्षण विधिअन्तर्गत मोबाइलको सहायताले युट्युब, फेसबुक, मेसेन्जर, भाइबर, विकिपिडिया, गुगल, शब्दकोश र गुगल अनुवाद जस्ता एप्सहरूको पर्याप्त मात्रामा प्रयोग गरी भाषा शिक्षण गर्न सकिन्छ । यसका लागि मोबाइलमा वाइफाइ जडान गरेर वा आफ्नो मोबाइलमा रहेको सिमबाट डाटा प्याक तानेर इन्टरनेट चलाई युट्युबका विविध सामग्रीमध्ये आफूलाई भाषा शिक्षणमा आवश्यक पर्ने सामग्रीको प्रयोग गरेर विद्यार्थीहरूमा भाषिक सिप विकास गराउन सकिन्छ । हामीले कविता शिक्षण गरी सुनाइ, बोलाइ र पढाइ सिपको विकास गर्दै छौँ भने युट्युबमा रहेको कविता वाचन गरिएको सामग्रीलाई सुनाएर, देखाएर र मोबाइलमा आफैँ हेर्न र सुन्न लगाएर विद्यार्थीहरूमा भाषिक सिपको विकास गर्न सकिन्छ । यसैगरी भाषा शिक्षणमा फेसबुक, मेसेन्जर तथा भाइबरको पनि प्रयोग गर्न सकिन्छ । फेसबुकमा विभिन्न पेज तथा म्यासेन्जर ग्रुप र भाइबर ग्रुप बनाएर भाषिक सिप विकास गर्ने गरी उक्त ग्रुप तथा पेजमा विभिन्न समग्री राखी सोही सामग्रीका आधारमा विभिन्न अभ्याय गर्ने प्रश्नहरू दिएर पनि विद्यार्थीहरूमा भाषिक सिप विकास गराउन सकिन्छ । यसैगरी भाषा शिक्षणमा गुगल तथा विकिपिडियाको पनि प्रयोग गर्न सकिन्छ । जसलाई मोबाइबाट नै प्रयोग गर्न सकिन्छ । जसका लागि शिक्षकले विद्यार्थीहरूलाई उनीहरूको भाषिक सिप विकास हुने गरी कुनै प्रश्न दिएर गुगल तथा विकिपिडियामा उक्त प्रश्नको उत्तर खोज्न लगाई उनीहरूको भाषिक सिप विकास गर्न सकिन्छ । यो सबै कुरा मोबाइबाट नै सम्भव हुन्छ । यसैगरी मोबाइलकै प्रयोग गरी भाषा शिक्षण गर्दा शब्दकोश र गुगल अनुवादजस्ता एप्सको पनि प्रयोग गर्न सकिन्छ । जसलाई विद्यार्थीहरूको भाषिक सिप विकास गराउन प्रयोग गर्न सकिन्छ । विद्यार्थीहरूलाई कठिन लागेका कुनै शब्द उच्चारण गर्न, ती शब्दको अर्थ थाहा पाउन, शब्दको स्रोत, वर्ग तथा वाक्यमा प्रयोग गर्ने तरिका जस्ता कुराहरूको ज्ञान आर्जन गर्नका लागि शब्दकोश तथा गुगल अनुवादको प्रयोग गर्न सकिन्छ जसका कारण विद्यार्थीहरूमा भाषिक सिपको विकास हुने गर्दछ ।
यसरी मोबाइल उपकरणको सहायताले विद्यार्थीहरूमा भाषिक सिप सिकाउन सकिन्छ । जस अन्तर्गत प्रयोगमा ल्याउन सकिने एप्सहरूमा युट्युब, फेसबुक, मेसेन्जर, भाइबर, विकिपिडिया, गुगल, शब्दकोश र गुगल अनुवाद आदि पर्दछन् । यी एप्सहरूको प्रयोग गरी विद्यार्थीहरूमा भाषिक सीप हासिल गराउन सकिन्छ । सामान्यतया मोबाइल शिक्षण विधिअन्तर्गत पर्ने युट्युब, फेसबुक, मेसेन्जर, भाइबर, विकिपिडिया, गुगल, शब्दकोश र गुगल अनुवाद आदिको शिक्षण सिकाइमा रहेको आवश्यकता र उपयोगिताहरू निम्न छन् :
भाषा शिक्षणमा प्रयाेग हुने माथि उल्लिखित एप्लिकेसनकाे अावश्यकता र उपयाेगिता :
भाषा शिक्षणलाई प्रभावकारी एवम् रोचक बनाउन
समय सापेक्ष शिक्षा प्रदान गर्न
भौगोलिक विकटताका कारण पछि परेका सम्पूर्ण विद्यार्थीहरूलाई समानरूपमा भाषिक सिप सिकाउन
नेपालीलाई अङ्ग्रजीमा र अङ्ग्रेजीलाई नेपालीमा अनुवाद गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न
शिक्षणलाई प्रविधिसँग जोड्दै प्रविधियुक्त शिक्षण सिकाइमा जोड दिन
परिवर्तित एवम् परिमार्जित सम्पूर्ण सामग्रीलाई तत्कालै प्राप्त गर्न
विश्वका विविध ताजा कुराहरू थाहा पाउन र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न
विद्यार्थीहरूलाई आफैँ खोजेर सिक्ने बानीको विकास गर्न
शिक्षकको अनुपस्थितिमा पनि धेरै कुराहरू सिक्न
कठिन लागेका शब्दहरूको समाधान खोज्न
छिटो छरितो समस्या समाधान गर्न
विद्यालय नआएर पनि विद्यार्थीले शिक्षकलाई विभिन्न प्रश्न सोधी जिज्ञासा सामाधान गरी भाषिक सिप विकास गर्न सक्ने र शिक्षकले पनि विद्यार्थीलाई घरबाट नै विभिन्न असाइनमेन्टहरू दिएर उनीहरूको भाषिक सिप विकास गराउन
ज्ञानको स्रोत शिक्षकलाई मात्र नमानी अनलाइनका विविध स्रोतहरूलाई ज्ञानको स्रोत मानी आफ्नो भाषिक सिप विकासका लागि सिकाइलाई विद्यार्थी आफैँले अगाडि बढाउन
भाषा शिक्षणमा विद्यार्थीलाई सक्रिय बनाउन
भाषा शिक्षणमा विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग गर्न
विद्यार्थीहरूमा सिर्जनात्मक विकाससँगै भाषिक सीप विकास गर्न
वर्तमान अवस्थामा देखिएको कोरोना भाइरसको सङ्क्रमण जस्ता विविध कारणले विद्यालयमा शैक्षिक गतिविधि सञ्चालन गर्न नसकेको अवस्थामा शैक्षिक गतिविधि सञ्चालन गर्न
विद्यार्थीमा तार्किक क्षमताको विकास गर्न
ज्ञान आर्जनका लागि खोजमूलक बन्नु पर्छ भन्ने भावनाको विकास गर्न
आफ्ना र अरूका क्षमताको तुलना गरी अगाडि बढ्न
समय सापेक्ष विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न आदि ।
समयअनुसार शैक्षिक विषयवस्तु, भाषिक सिप तथा शिक्षण विधिका स्वरूपहरू पनि फेरिँदै गएका छन् । समयको माग र विषयवस्तुको प्रकृतिअनुसार समय सापेक्ष शिक्षण विधि एवम् पद्धतिमा समेत फेरबदल गर्नुपर्ने हुन्छ । यसो गरिएमा मात्र शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ । माथि उल्लिखित भाषा शिक्षणमा मोबाइल शिक्षण विधिका आवश्यकता एवम् उपयोगितालाई हेर्दा भाषा शिक्षणका विविध विधिहरूमध्ये पछिल्लो समयमा निकै प्रयोगमा आएको मोबाइल शिक्षण विधिअन्तर्गत पर्ने युट्युब, फेसबुक, मेसेन्जर, भाइबर, विकिपिडिया, गुगल, शब्दकोश र गुगल अनुवाद आदिको निकै नै आवश्यकता र उपयोगिताहरू रहेको देखिन्छ ।
No comments:
Post a Comment