Tuesday, July 20, 2021

बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता

– हुकुमानन्द पाण्डेय

के हो बन्द समाज ?

कुनै क्षेत्र, पेसा, जात, वर्गका मानिसलाई साँघुरो घेरामा सीमित गर्ने समाज

जनताका इच्छा, चाहानामा ख्याल नगर्ने समाज

अधिक प्रभावशाली समूहको अधीनमा रहने समाज

तानाशाही साज्य व्यवस्था भएको समाज

शासकको सबथोक चल्ने समाज

बल प्रयोग गरेर भए तापनि कुनै सीमित शासकले अधिकांश जनतालाई आफ्नो अधीनमा राख्ने समाज 

के हो प्रजातान्त्रिक अनुभवहीनता ?

जनताले जनताद्वारा जनतामाथि गरिने शासन व्यवस्थालाई नमानी आफ्नै ढङ्गले आफ्नै तानाशाही शासन लाद्न खोज्नु

प्रजातान्त्रिक शासन व्यवस्थालाई नमान्नु

जनताप्रति पटक्कै उत्तरदायी नेतृत्व नहुनु

राष्ट्रलाई सर्वोपरी नठानी व्यक्ति आफूलाई सर्वोपरी ठान्नु

राष्ट्र सर्वोपरी र शासन परिवर्तनीय हुन्छ भन्ने कुरा नमान्नु

जनताका हक, अधिकारको ख्याल नगरिनु

व्यक्ति बलियो र राज्य कमजोर हुँदै जानु

सीमित व्यक्ति मोटाउने र अधिकांश जनता सधै अन्याय सहेर बाच्ने अवस्था सिर्जना हुनु 

नोट : बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता एक अर्काका परिपुरक जस्ता हुन् । बन्द समाजकै कारण हरेक मानिसले प्रजातन्त्रको अनुभूति गर्न सकिरहेका हुँदैनन् । 

बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको एउटा स्पस्ट छनक हो ब्राजिल ।

ब्राजिलको राजनीतिक परिवर्तनसँग बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनता जोडिएका छन् ।

ब्राजिलमा तत्कालीन अवस्थामा न जनता स्वतन्त्र भए न त प्रजातन्त्रको अनुभव नै गर्न पाए ।

सन् १५०० तिर पेद्रो अल्भारेस् काब्राल ब्राजिलमा पुगेदेखि सन् १८२२ मा ब्राजिलको स्वतन्त्रतासम्म ब्राजिल प्रोचुगलको उपनिवेशमा थियो ।

ब्राजिल साम्राज्यका रुपमा विकसित यो राष्ट्रमा १८८९ देखि गणतन्त्र आयो ।

केही वर्ष ब्राजिलमा प्रजातन्त्रिक अभ्यास पनि गरियो । 

प्रजातन्त्र पश्चात यसको सही अभ्यास हुन नसक्दा ब्राजिलमा शैनिक शासन सुरु भयो ।

जनता त्रसित भए, साथै जनताहरू बोल्न नसक्ने, आफ्ना अधिकार माग्न नसक्ने र दमनलाई सहेर बस्न बाध्य भए 

तत्कालीन अवस्थामा सारा मिडिया राज्यका तर्फबाट चल्न थाले ।

जनताका पीडा बोल्ने तथा उनीहरूका अधिकारका लागि आवाज विहीनहरूको आवाज बोल्ने सञ्चार माध्ययम जनताका भएनन् ।

सञ्चार माध्ययमले शासक वर्गको मात्र गुनगान गाउन थाले ।

यसरी एकतन्त्रीय शासन व्यवस्था मौलाउँदै गयो । 

प्रजातन्त्र धरापमा प¥यो फलस्वरुप प्रजातान्त्रिक अनुभवहीनताको सिकार त्यहाँका अधिकांश जनता भए ।

तत्कालीन समयमा त्यहाँका जनतामा सामान्य आधारभूत सिप पनि भएन ।

फलस्वरुप दार्शनिक पाउलो फ्रेले बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको विरोधमा आफ्ना कार्यक्रम अगाडि सारे ।

फ्रेले साक्षरता कार्यक्रम किन आवश्यक भन्ने बारे व्याख्या गरे ।

फ्रेको सिद्धान्तलाई अनुसरण गर्न थालियो ।

विस्तारै त्यहाँका नागरिकले अधिकार पाउन थाले शासन फेरियो र देशले आज काचुली फे¥यो ।

बन्द समाजको उदाहरणको रूपमा नेपाली समाजलाई पनि लिन सकिन्छ ।

नेपालमा चलेको १० वर्षे जनयुद्धको बेला केही क्षेत्रका समुदाय त्रासमै रहेर बोल्न सकेनन् केही जनता अधिकारको लडाइमा अगाडि बढे । यसरी हेर्दा क्रान्तिको समयमा केही बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताको सिकार हुने खतरा बढ्छ । 

दाङको थारू समाज, रोल्पाको मगर समाज, भक्तपुरको नेवार समाज र विश्वलाई त्रसित पारिरहेको उत्तर कोरियालाई पनि बन्द समाजको उदाहरणका रूपमा लिन सकिन्छ ।  

असल विचार एवम् असल कार्य गर्न हौसिनेहरूको लागि यो समाज तगारो बन्छ । 

यो समाज निकै सङ्कुचित स्वभावको हुन्छ । 

कुनै पनि व्यक्ति वा समुदायलाई एउटा साँघुरो घेरा भित्र सीमित गर्छ ।

व्यक्तिलाई उसले प्राप्त गर्नुपर्ने हक र अधिकारका विषयमा परिचित गराउँदैन ।

समाजमा बस्ने हरेक मानिसका हक र अधिकारलाई सीमित गर्छ ।

व्यक्तिलाई विश्वसमुदायसँग परिचित हुनबाट वञ्चित गराउँदछ ।

दमनात्मक एकतन्त्रीय राज्य व्यवस्था हावी हुन्छ ।

जनताका अधिकारहरू कुण्ठित हुन्छन् ।

क्रान्ति गर्ने र परिवर्तन चाहनेलाई हतकडी लाइन्छ ।

अन्धभक्त पुजारीको सम्मान गरिन्छ ।

शासकको एकोहोरो शासन चल्छ ।

जनताका भावनाहरू बुझिँदैन । 

यो समाजमा हुर्केकाहरू अरूसँग खुलेर बोल्न जान्दैनन् ।

बन्द समाजले सबैमा त्रास फैलाउने हुँदा मानिसहरू डराउन् ।

नयाँ मानिस देखेमा खुलेर नबोल्ने, भाग्ने, हडबडाउने जस्ता अनेकन नकारात्मक प्रतिक्रिया देखिन्छ । 

बन्द समाज र प्रजातान्त्रिक अनुभवहीनताले समाजमा विकास भन्दा विनासको अवस्था सिर्जना गर्दछ ।

मानिसहरूमा सिर्जनशीलताको विकास हुन पाउँदैन ।

समाजका लागि नयाँ एवम् हितकार कुराहरू हुँदैनन् ।

प्रजातान्त्रिक अनुभव नभएको देशमा त्यहाँका जनताका हक अधिकार कुण्ठित हुने हुँदा त्यहाँको समाज एवम् जनता दबेर बस्नु पर्ने अवस्था सिर्जना हुन्छ । 

          समग्रमा बन्द समाजले प्रजातन्त्रिक अनुभवहीनता सिर्जना गर्ने र समजको हित नगर्ने हुँदा समाजमा बस्ने हरेक मानिसले अफूमा भएको सिप, क्षमता, दक्षता एवम् सिर्जनालाई फुल्ने फल्ने र मौलाउने मौका दिनु पर्दछ । तब मात्र समृद्ध समाज एवम् समुन्नत राष्ट्र निर्माण गर्न सहज हुन्छ ।   

सन्दर्भ सूची (References)

No comments:

Post a Comment